लोड गरिएको इटलियन पेस्तोलसहित शनिबार साँझ साढे ६ बजे पाँच भारतीय विराटनगर २१ स्थित दुई नम्बर नाकाबाट पक्राउ भएका छन्।
चेकजाँचको क्रममा सशस्त्र प्रहरीको टोलीले ०७२९८/२००४ नम्बरको ७.६५ एमएमको ४ वटा गोली लोड गरेको अवस्थामा पक्राउ गरेको हो। महेन्द्र डिस्ट्रिब्युटर प्रालिका म्यानेजिंङ डाइरेक्टर भारत पूर्णिमा बस्ने वर्ष ३२ को रंजितकुमार चौधरीको अंगरक्षक सोही स्थानका वर्ष ४५ को संजय राय पटना बस्ने ३६ का विवेक सिंह, पटनाकै ३५ आशिष गुप्ता, विराहका २७ वर्षीय चालक शक्तिपूर महतोलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मोरङलाई बुझाएको हो।
उनीहरुको साथबाट ७ थान मोबाइल, एक थान ल्यापटप, कागजपत्र, भारतीय १ लाख ११ हजार रुपैया, खोका, एउटा म्याग्जिन, १० वटा गोली बरामद् गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ। ती सवै सामग्रीसहित इप्रका विराटनगरमा बुझाएको स्रोतले बतायो।
स्रोतका अनुसार भारतीय नम्बर प्लेटको वि आर ११ टि २४६५ नम्बरको जिपबाट चेकजाँच गर्ने क्रममा पेस्तोल राख्ने होस्टर फेला परेपछि चेकजाँचलाई तिव्रता दिएको थियो। ४ वटा गोली लोड भए पनि ६ वटा भने होस्टरमै भेटिएको थियो। पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसार हाल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
SETOPATI
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७१