शेयर बजारमा सामान्य सुधार जारी

काठमाडौं, जेष्ठ २६ । सोमबार पनि शेयर बजारमा सामान्य सुधार जारी रह्यो । बजार परिसूचक नेप्से २ अंकले सुधार भएर ८ सय ८५ मा पुग्यो । कारोबार भएका मध्ये आधा भन्दा बढी समूहको सूचक हरियो रहेसँगै नेप्से सुधारिएको हो ।
होटल, जलविद्युत, बीमा र वित्त समूहका सूचक दोहोरो अंकले बढ्यो । वाणिज्य बैंक समूह पनि ४ अंकले उकालो लाग्यो । अन्य, उत्पादनमूलक र विकास बैंक समूह भने रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको १३ लाख १२ हजार कित्ता शेयर ४६ करोड ६० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेनजले जनाएको छ । IMAGEKHABAR