खोटाङ, जेष्ठ २७ – ट्याक्टरबाट खसेर एक बृद्धको मृत्यु भएको छ । नेर्पाबाट दिक्तेल ढुङ्गा लिएर आउँदै गरेको ट्याक्टरमा चढेका नेर्पा-१ का ६५ वर्षीय जयप्रसाद राईको मङ्गलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।
नेर्पामा ट्याक्टर रोकेर चढेका राईको दिक्तेल नगरपालिका-५साकेला थान नजिक सडकमा खसेर मृत्यु भएको हो । को १ त ८३०३ नम्बरको ट्याक्टर चालक इटहरी नगरपालिका-२ का ३१ का धनराज गुरुङ ट्याक्टरसहित प्रहरी नियन्त्रणमा रहेको प्रहरी कन्ट्रोलका काजी खत्रीले बताए ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ जेष्ठ २७