काठमाडौं, जेष्ठ २९ । अन्ततः नेप्से ९ सय नाघेको छ । विहीबार पनि बजारमा सुधार जारी रहेको हो । बजार परिसूचक नेप्से करिब ३ अंकले धनात्मक रहेर ९ सय २ दशमलब चार ६ कायम भयो ।
बीमा र अन्य बाहेक कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्स सुधारिएको हो । होटल समूहमा सबैभन्दा उच्च ३४ अंकको बृद्धि भयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको १८ लाख १७ हजार बराबर कित्ता शेयर ५३ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । IMAGEKHABAR



