काठमाडौं, जेष्ठ ३१ । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको बृद्धि जारी रह्यो । गत साता १० अंकले बढेको नेप्से यस साता २१ अंक बढीले बढ्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ दशमलव ४ अंकले बृद्धि भइ अन्तिम दिन ९ सय ४ दशमलब ६१ अंकमा पुगेमा पुग्यो ।
गत विहीबारको तुलनामा भने नेप्से २५ अंक बढीले बढेको हो । यस साता वाणिज्य बैंक र जलविद्युत समूहमा समान करिब ३५-३५ अंकको बृद्धि आयो ।
यस साता कारोबार परिमाणमा पनि उच्च अंकको बृद्धि जारी रह्यो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरका ७८ लाख ९७ हजार कित्ता सेयरहरु खरिद