गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

गुल्मी, असार १ – करेन्ट लागेर गुल्मीको जैसिथोक गाविसमा आइतबार एक जनाको ज्यान गएको छ । यस्तै अर्का एक घाइते भएका छन् ।
करेन्ट लागेर गुल्मी जैसिथोक गाविस ९ का १८ वर्षीय मनोज पोख्रेलको ज्यान गएको हो । करेन्ट लागेर घाइते भएका पोख्रेललाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै घटनामा परी मोरङ उर्लाबारी ६ का २४ वर्षीय इन्जिनियर मनिष पोखरेल घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सडक सर्भे गर्ने क्रममा प्रयोग गरिने डण्डी क्रिनजमले हाइटेन्सन लाइनको तारमा छुँदा दुवैजनालाई करेन्ट लागेको थियो । ujyaaloonline

अन्य समाचारहरु