(१ असार, ०७१, भक्तपुर) श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आफ्ना शेयर सदस्यहरुलाई मध्यपुरको बोडेमा २ दिने उद्घोषण सम्बन्धिको क्षमता अभिबृद्धि तालिम दिएको छ । प्रशिक्षक केके मानन्धर, श्रीकृष्ण महर्जन तथा उदेन न्हूसाय्मिमार्फत सहकारीका शेयर सदस्यहरुलाई उद्घोषण सम्बन्धिका सैद्धान्तिक र व्यवहारिक तालिम दिइएको हो ।
स्रोता र दर्शकसामु निर्धक्कसँग मनमा लागेका विचार प्रस्तुत गर्न तथा औपचारिक कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने तरिका सम्बन्धिको जानकारी दिन तालिम आयोजना गरिएको हो । तालिम पश्चात आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थी मध्येबाट एक प्रतिनिधिले तालिममा सहभागि भएर आफुमा बोल्दै शैलीमा परिवर्तन आएको र निडर भएर बोल्ने सक्ने भएको अनुभव सुनाए । कार्यक्रम संयोजक तथा सहकारी प्रचार उप