काभ्रे, आषाढ ५ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बांसघारीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको घटनास्थलमा मृत्यु भएको छ ।
बा १ ख ११५८ नम्बरको ट्रिपरले बा २ प ५२०२ नम्बरको डिसकभर मोटरसाइृकललाई ठककर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।
चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले राजमार्गमा प्रदर्शन गरेका छन् । – IMAGEKHABAR