शरीर भित्र लुकाएर ल्याउँदै गरेको ३ किलो सुनसहित ४ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
मलेसियन एयरको एमएच ११४ को उडानद्वारा क्लालम्पुरबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच क्रममा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद भएको प्रहरीले जनाएको छ।
सुन सहित पक्राउ पर्ने भारतीय नागरिकहरूमा ४१ वर्षीय इब्राहिम साहुल ममिद, ४३ वर्षीय अफजाल खान, २७ वर्षीय साइकाली बसिर र २४ वर्षीय अमजाद खान रहेको प्रहरीले जनाएको छ।
SETOPATI
प्रकाशित मिति: शुक्रबार, आषाढ ६, २०७१