यूएईमा ज्यान गुमाएका नेपालीको परिवारलाई आर्थिक सहयोग

उमाकान्त पाण्डे । दुबइ,असार ६ – बैदेशिक रोजगारीका लागि यूएई आई ज्यान गुमाएका एक नेपालीलाई यहाँ कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन । यूएईमा ज्यान गुमाएका धादिङ ६ कटौजेका धन बहादुर तामाङको परिवारलाई उनी कार्यरत कम्पनीमा रहेका नेपालीले ४० हजार यूएई दिराम्स आर्थिक सहयोग गरेका हुन । 
४२ जना नेपाली कार्यरत कम्पनीमा सबै भन्दा मिलनसार र सबैको प्यारो बनेका ३१ बर्षिय धन बहादुरको हृदय घातका कारण मृत्‍यु भए पछि कम्पनीका नेपाली सेक्युरिटी अफिसर रामेछापका टक प्रसाद कडेंलको सकृयतामा सकंलन गरिएको करिब ४० हजार यूएई दिराम्स मृतकका परिवारलाई बुधवार हस्तान्तरण गरिएको हो । 
३ बर्ष अघि सारजाहमा रहेको नेशनल पेन्ट्स कम्पनीमा आएका तामाङको दुई महिना पहिले सुतेकै अवस्थामा मृत्‍यु भएको थियो । 
गत अप्रिल १४ बेलुका साथिहरुसगं बसेर खाना खाई सुतेका तामाङ अर्को दिन बिहान ड्युटि जाने बेला सम्म न उठेका र साथिहरुले उठाउन खोज्दा मृत् अवस्थामा भेटिएका थिए । 
कम्पनीमा कार्यरत नेपालिहरुको अग्रसरतामा कम्पनि बाहिरका नेपाली र कम्पनीमै कार्यरत बङगाली , भारतीय , पाकिस्तानी लगायत कामदार बाट समेत गरी करीब २९ हजार यूएई दिराम्स संकलन गरिएको हो । त्यस्तै कम्पनी मालिकले समेत करीब १२ हजार यूएई दिराम्स सहयोग गरेका थिए ।
सहयोग रकम मृतकका परिवारका सदस्यलाई अलग अलग रुपमा बाडेर पठाइएको छ । आर्थिक रकमको कतै बाट पनि दुरुपायोग नहोस् भन्नका लागि अलग अलग पठाइएको हो । 
मृतकका बाबु आमा र बिहे गर्न बाँकी एक बहिनीको नाममा २० हजार दिराम्स पठाइएको हो ।
त्यस्तै ५ हजार यूएई दिराम्स मृतककी श्रीमतीको नाममा र १५ हजार यूएई दिराम्स मृतकको एक ८ र अर्की १३ बर्षिय गरी दुई छोरीको नाममा पठाइएको   
कम्पनीमा ३ बर्ष काम गरे बापत कम्पनीबाट पाउनु पर्ने करीब १ लाख नेपाली रुपैया कम्पनीले नेपाली दुतावास आबुधाबी मार्फत  मृतककी श्रीमतीको नाममा पठाएको कम्पनीमा कार्यरत म्याग्दीका चिरन्जिवी सुवेदीले जानकारी दिनु भयो ।  
कानुनी प्रकृया पुरा गरेर शब नेपाल पठाउन १७ दिन लागेको कम्पनीमै कार्यरत मृतकका काका कर्ण बहादुर तामाङले बताउनु भयो ।