काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला बन कार्यालयनका सहायक बन अधिकृत प्रल्हादप्रसाद धिताललाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
धिताललाई काठमाण्डौको बबरमहलस्थित बन कार्यालयबाट दुई हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीमाथि छानविन थालिएको पनि अख्तियारले जनाएको छ । Imagekhabar