विषालु च्याउ खाँदा नवलपरासीमा एकै परिवारका चारजना सिकिस्त विरामी

नवलपरासी, आषाढ १३ । विषालु च्याउ खाँदा नवलपरासी रजहर-८ मा एकै परिवारका चारजना सिकिस्त विरामी भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर छ । हिजो साँंझ घर नजिकैको जङ्गलबाट ल्याएको च्याउ खाँदा स्थानीय कमलादेवी तामाङ, उनका छोरीहरु २२ वर्षिय नमिता, १९ वर्षिय सुनिता र नातिनी काली तामाङ सिकिस्त विरामी भएको प्रहरीले जनाएको छ । उनीहरु सबैको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । – IMAGEKHABAR

अन्य समाचारहरु