छोरीलाई दुई बर्षसम्म बलात्कार गर्ने एक बाबुलाई दोलखाको अदालतद्धारा १५ बर्ष जेल सजाय

दोलखा, असार १४ – छोरीलाई दुई बर्षसम्म बलात्कार गर्ने एक बाबुलाई अदालतले १५ बर्ष जेल सजाय सुनाएको छ ।
हाडनाता र जबरजस्ती करणीको शिकार किशोरीलाई दोलखा जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै पीडकको तर्फबाट एकलाख २५ हजार क्षतिपुर्ति भराउने फैसलासमेत गरेको छ । एसएलसी परीक्षा सक्ने बित्तिकै किशोरीले आफु बाबुद्धारा यौन सिकार हुँदै आएको भन्दै प्रहरीमा उजूरी दिएकी थिइन् ।
३७ वर्षीय बाबुद्वारा यौन पीडा खेप्दै आएकी उनले आमालाई पटकपटक बताएपछि मात्र घटना कानुनी दायरामा आएको थियो ।
छोरीले लुगा खोलेको देखेपछि अपराधको मनसाय आएको र प्रतिवाद नभएपछि निरन्तर बलात्कार गरेको बयान युवकले प्रहरी समक्ष दिएका थिए । अदालत पुगेपछि बयान फेरेका आरोपी बाबुलाई मेडिकल रिपोर्ट, पीडितको बयान र प्रमाणहरुको आधारमा जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले शुक्रबार सजाय तोकेको हो ।
अदालतका स्रेस्तेदार ध्रुब कार्कीका अनुसार आरोपीले जबरजस्ती करणीमा ५ बर्ष र हाडनाता करणीमा १० बर्ष गरी १५ बर्ष कैद तोकिएको हो । पीडितलाई एकलाख २५ हजार क्षतिपुर्ति पीडकले भराउनुपर्ने छ ।  
EKANTIPUR
प्रकाशित मिति: २०७१ असार १४

अन्य समाचारहरु