११ औं राष्ट्रिय धान तथा रोपाईं दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवस हरेक वर्ष असार १४ गते मनाइने प्रचलन छ । यस वर्ष यो दिवसको नारा धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण भन्ने रहेको छ । दिवसका अपसरमा ललितपुरको खुमलटार, लेले का भक्तपुरका विभिन्न स्थानमा विशेष कार्यक्रम हुँदैछ ।
धान तथा रोपाई दिवस मनाउन लागेपछि पानी नपरेकाले देशका अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन् । पानी नपर्दा धानका बीउ खेतमै सुकेका छन् भने किसानहरु चिन्चित भएका छन् ।यसैबीच आजका दिनमा दहिचिउरा खाने प्रचलन पनि छ ।
SETOPATI
प्रकाशित मिति: आइतबार, आषाढ १५, २०७१