सिरहाको झिरहरी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गोविन्दपुर ५ मा झिरहरी खोलामा ट्याक्टरमा बालुवा लिन गएका गोबिन्दपुर ५ सोनामती मझौरा र गोविन्दपुर ६ का मोहमद अन्सारु मियालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ खोलामा गएका उनीहरुलाई खोलाले बगाएको प्रत्यक्षदर्शिहरुले बताएका छन् । खोलामा बालुवा निकाल्दै गर्दा आएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । बगाएको स्थान भन्दा ५ सय मिटर पर उनीहरुको शव फेला परेको थियो ।
SETOPATI
प्रकाशित मिति: आइतबार, आषाढ १५, २०७१