उमाकान्त पाण्डे
यूएई – असार १२ । सेवाग्रहीको चाप बढे पछि यहाँ रहेको नेपाली दुतावासले सार्वजनिक बिदाको दिन शुक्रबार समेत कार्यालय खुल्ला राखेर सेवा दिन थालेको छ ।
दैनिक दुतावासमा आउने सेवा ग्रहीको सख्या बढे सँगैं कामको चाप बढेकोले दुतावासले मासिक शुक्रबार दुतावास खोल्ने निर्णय गरेको हो ।
सरकारले कर्मचारी कटौती गरेका कारण दैनिक काम काजका लागि समेत असहज भएको बताउदै आएको दुतावास अब देखी अंग्रेजी महिनाको पहिलो शुक्रबार समेत खुला राखेर सुबिधा दिईने भएकोले शुक्रबार मात्र बिदा पाउने नेपालीलाई सेवा लिन दुतवासले आग्रह गरेको छ ।
करीब ४ लाख ५० हजार नेपाली कार्यरत यूएईमा एमआरपी राहदानीका लागि आवेदन दिन आउने तथा अन्य कामका लागि आउने नेपालीको सख्या बढे सँगै दुतावासमा कामको चाप बढेको हो । बढेको चापलाई ब्यबस्थित गर्न सार्वजनिक बिदाको दिन समेत कार्यालय सन्चालन गरेर सेवा दिन थालेको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनु भयो । ‘कर्मचारीलाई बिदाको दिन आउनै पर्छ भनेर उर्दी जारी गर्न सकिदैन, राजदुत झाले भन्नुभयो ‘पालै पालो गरेर भए पनि बोलाउछु त्यो पनि भएन भने म एक्लैले भए पनि अंग्रेजी महिनाको पहिलो शुक्रबार दुतावास खुल्ला गर्छु’।
यस् कामले गर्दा यूएईका लागि दोस्रो नेपाली राजदुतको रुपमा धनन्जय झा नियुत्त भएर आएपछि गरिएको पहिलो राम्रो कामको रुपमा यूएईमा रहेका नेपालीले मान्दै आएका छन ।
गत महिना दुतावासको वेबसाइट मार्फत दुतावासले प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार दिदै आएको सेवा बन्द गरिने सूचना सार्वजनिक गरेपछि यहाँ रहेका नेपाली अन्यौलमा परेका थिए । दुतावासले दिदै आएको सेवा बन्द हुने बारे यहाँ रहेका नेपाली संघसस्थाले चासो दिदै दुतावासमा डेलीगेसन समेत गएका थिए ।
दुतावासले दिदै आएको सेवा कटौती गर्दा दुतावास प्रती सर्वसाधारणको राम्रो प्रभाव नपर्ने भन्दै कर्मचारीका लागि आबश्यक पहल गर्न नेपाल सरकार सँग आग्रह गर्ने र संघसस्थाले आफ्ना सदस्यहरुलाई स्वयम सेवकको रुपमा खटाएर भएपनि सेवा दिनु पर्ने माग यहाँ कृयशिल नेपाली संघसस्थाको थियो ।