उच्च माध्यमिक शिक्षा परिषद बुटवलको आयोजनामा बुटवलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
‘उच्च माध्यमिक शिक्षा र शिक्षाको भूमण्डलीकरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा बोल्दै सहभागी बिध्यार्थीहरुले नेपाल उच्च माध्यमिक तह संचालन भएको कारणले देशको कुनाकुना सम्म उच्च शिक्षाको लहर पुग्न सकेको र नेपाली विद्यार्थीहरुले भूमण्डलीकरणको प्रभावको सामना गर्न सक्ने सामर्थ्य हासिल गरेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य घनश्याम पाठकले उच्च माध्यमिक तहले शिक्षामा देखिएको खाडल कम गर्दै लागेको र यसले विद्यालय तहलाई उच्च शिक्षाको तहसँग जोड्ने काम गरेकोले नेपालको शिक्षिक उत्थानम उच्च माध्यमिक शिक्षा परिषदले छोटो समय मै महत्वपूर्ण भूमिका खेल्न सकेको बताउनु भयो. उहाले अहिले उच्च माध्यमिक तहको भविस्यको बारेमा बिभिन्न आशंकाहरु उठिरहेकोले सरकारले समय मै उचित नीतिनियम ल्याएर उच्च माध्यमिक तहलाई अझ व्यवस्थित बनाउनु पर्ने कुरामा जोड दिनुभयो।
प्रतियोगिताका निर्णायक हरु मध्येबाट बोल्दै डा.कपिल लामिछानेले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुको क्षमता प्रस्तुत गर्न मात्र सघाउने नभई शिक्षिक कार्यक्रम र नीतिहरुको वास्तविक मुल्यांकन गर्न सकिने भएकोले शिक्षिक संस्था र नियकयारुले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेर बहादुर के.सी., उच्च मावि संघ हिसानका जिल्ला अध्यक्ष टुक बहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो।
वक्तृत्वकला प्रतियोगितामा जनता उमावि प्युठानका भोजराज भण्डारि , एभरेस्ट उमावि बुटवलका सुवास देवकोटा, सेन्ट जोसेफ उमाविकी करिश्मा भट्टराई र कालिका उमावि बुटवलकि प्रवृति पाठकले क्रमसःप्रथम,द्वीतीय ,तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए।
विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि घनश्याम पाठकले क्रमसः १२ हजार, ९ हजार, ७ हजार र ४ हजार नगद पुरस्कार र शिल्ड प्रदान गर्नु भएको थियो।
कालिका उच्च माध्यमिक विद्यालयको सभाकक्षमा भएको वक्तृत्वकला प्रतियोगितामा उमाशिप बुटवल कार्यालय अन्तर्गतका ८ वटा जिल्लाका २६ जना विद्यार्थीहरुले भाग लिएका थिए।
परिषद्को बुटवल कार्यालयका प्रमुख सुवास पन्तले संचालन गर्नुभएको कार्यक्रममा उमाशिपकि अधिकृत तारा पाण्डेले स्वागत गर्नुभएको थियो भने डा.बालकृष्ण भट्टराई, डा.. कपिल लामिछाने र डा. शिव प्रसाद पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।