शालिकराम आचार्य, मस्कट ओमान/ ओमानमा क्रियाशिल ९ संस्थाहरुले ओमानमा ६ महिना अगाडि स्थापना भएको नेपाली दूतावासका कार्य सन्तोषजनक नभएको वताएका छन् । दूतावासको छ महिने कार्यकाल तथा सो अवधिमा भएका कमीकमजोरीहरुका बिषयमा ओमानमा रहेका बिभिन्न संघ संस्थाहरुले संयुक्त अन्तरक्रिया कार्यक्रम गर्दै कार्यावहाक राजदूत झविन्द्र अर्यालप्रति रोष प्रकट गरेका हुन् ।
गैरआवासीय नेपाली संघ ओमान, नेपाली समाज ओमान, बुद्धभिजन ओमान, महिला समुह ओमान, ओमान नेपाली एकता समाज, सगरमाथा समुह ओमान, जनप्रगतीशिल मञ्च ओमान, प्रवासी नेपाली संघ ओमान, तामाङ्ग समाज ओमानले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रम हो ।
कार्यक्रमका प्रमुखअतिथिमा नेपाली दूतावास मस्कटका कार्यवाहक राजदूत झविन्द्र अर्याल रहेका थिए भने कार्यक्रमको सभापतित्व एनआरएनका उपाध्यक्ष तथा संयोजक दिपक श्रेष्ठले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा ओमान भ्रमणमा नै रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिवद्वय जय नारायण अर्याल तथा मुकेश रेग्मी साथै शाखाअधिकृतद्वय कृष्ण अधिकारी तथा श्रीमति प्रतिमा ढकाल बिशेष अतिथी रहेका थिए ।
बिभिन्न चरणमा गरि सम्पन्न गरिएको कार्यक्रममा, आयोजक संघ संस्थाका प्रतिनिधिहरुले आ