भारत को राजाधानी दिल्ली मा नेपाली छाता संगठन (महासंघ) को घोषणा

बाबु रोका मगर (दिल्ली,हरियाणा) 
प्रवासी नेपालीहरुको हक-हित अधिकार र सुरक्षा को लागि पहल गरौ नेपाल भारत को मैत्रीपूर्ण सम्बन्धलाई कायम रखौ भन्ने मूल नाराको साथ २९ जुन २०१४ यानी १५ असार २०७१ आईतवारको दिन “अखिल भारत नेपाली स्वतन्त्र महासंघ”(भारत) को घोषणा सभा प्रमुख अतिथी नेपाली राजदुतावास का राजदुत कृष्ण प्रसाद ढकाल ले दिपज्योति जलाएर उद्घघाटन गर्नु भएको थियो | उक्त कार्यक्रम मा भारत को दिल्ली,गूड्गाव एन सि आर मा खोलिएका बिभिन्न नेपाली संघ संघठन का पदाधिकारीहरु र मिडिया,पत्रकार अर्घाखाँची डट कम बाट बाबु रोका मगर नेपाल वन बाट रेबन गुरुङ र नेपाल आवाज बाट देवेन्द्र पोख्रेल को उपस्थिती रहेको थियो |
उद्घघाटन कार्यक्रम मा बोल्दै राजदुत कृष्ण प्रसाद ढकाल ले भन्नु भयो भारतको बिभिन्न शहरहरुमा छरिएर रहेका सम्पूर्ण नेपाली हरुको सुरक्षा उनिहरुको परिचय पत्र र भारत देखी नेपाल फोन गर्दा लाग्ने महँगो शुल्क को बिषय लाई मध्यनजर राख्दै भारतीय सरकार सँग पहल गर्ने जानकारी दिनुभएको थियो | महासंघले आफ्नो अवधारणा पत्र मा लेखिएका शर्तहरु पुरा गर्ने प्रतिबद्दता जाहेर गरेको थियो उक्त उद्घघाटन कार्यक्रम मा बिभिन्न संघसंगठन का प्रवक्ता हरुले आ-आफ्नो बिचार मन्तब्य राख्दै शुभकामना ब्यक्त गर्नु भएको थियो | कार्यक्रम को अध्यक्षता महासंघ का अध्यक्ष दुर्गा प्रसाद अर्याल ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिव दिपक जिसी ले गर्नु भएको थियो  |
महा संघ मा आबद्द् संस्थाहरु:- हेल्प नेपाली मिशन, प्रवासी नेपाली मित्र मन्च, लुम्बिनी गौतमबुद्द चेरिटेबल ट्रष्ट, प्रवासी नेपाली सुदुर पश्चिम संपर्क मंच, प्रवासी नेपाली जनकल्याण समिती, नेपाली साँस्कृतिक परिवार प्रतिष्ठान, पशुपती संपर्क मंच, गुरुङ सेवा समाज र नेपाली समाज समिती रहेका छन |
    
 कार्यसमिती को नामवली
 
१) संरक्षक – कवि कार्की
२) अध्यक्ष – दुर्गा प्रसाद अर्याल 
३) उपाध्यक्ष – राम बहादुर डाँगी 
४) उपाध्यक्ष – तुल्सी ढकाल  
५) उपाध्यक्ष – रिक्त 
६) महासचिव – दिपक जि.सी
७) सचिव – विर बहादुर बोहरा 
८) सचिव – कृष्ण आचार्य
     सचिव –  राम बहादुर प्यासी  
९) कोषाध्यक्ष – रमेश शर्मा 
१०) सहसचिव – विजयलक्ष्मी अधिकारी 
११) सदस्य – राजेश कोइराला
१२) सदस्य – अमर सिंह श्रिपाली 
१३) सदस्य – शिव राना 
१४) सदस्य – खुम गुरुङ 
१५) सदस्य – मिरा ढुंगाना 
१६) सदस्य – मोहन सिंह थापा 
१७) सदस्य – फर्स बहादुर थापा 
१८) सदस्य – अनिता क्षेत्री