मस्कट, ओमान – नेपाली राजदूतावास ओमान स्थापना भै ६ महिना आवधि पूरा भएको अवसरमा “समिक्षात्मक अन्तरक्रिया कार्यक्रम” मस्कट स्थित नौ ओटा नेपाली संघ-संस्थाहरुको आयोजनामा शुक्रवार सम्पन्न भएको छ ।
नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री झबिन्द्र अर्याल ज्यूको प्रमुख आतिथ्यमा तथा एनआर एन ओमानका उपाध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम नेपाली समाजका महासचिब योगेश राईको सञ्चालनमा राष्ट्रिय गानद्वारा शुरुवात गरिएको थियो भने नेपाली महिला समाजका संयोजक अञ्जु लामाले स्वागत मन्तब्य राखिएको थियो ।
नौ ओटै संस्थाका अध्यक्षहरुद्वारा दूतावासद्वारा हाल सम्म गरिएको उपलब्धि तथा भावी दिनको कार्ययोजना बारे आ-आफ्नो संस्थाको अवधारणा राखेका थिए भने समाज सेवी गोबिन्द गुरुङ्ग तथा अन्तराष्ट्रीय नेपाली एकता समाजका शोभाकान्त लामिछानेले आ-आफ्नो मन्तब्य राखेका थिए । त्यसपछि का वा राजदूत झबिन्द्र अर्यालले प्रतिउत्तरको क्रममा आफ्नो मन्तब्य राख्दै दूतावास स्थापना भएर आफू आएको करीब नौ महिना भएको र त्यसबेला ६ वटा मात्र संस्था रहेकोमा अहिले ९ वटा पुगेको र झण्डै पचास प्रतिशतले बृद्धि भएको कुरा जनाउदै संस्था स्थापनाको उदेश्य यदि अध्यक्ष उपाध्यक्ष हुनको लागी मात्र हो भने गलत हो भन्दै सबैको आ-बिचार केहि फरक हुन सक्छ तर सबैको उदेश्य भनेको सामूहिक हित नै हुनु पर्छ त्यो सवालमा सबै एक भएर नेपाली समुदायको सहयोग गर्ने सच्चा सामूहिक भावनाले आभिप्रेरित हो भने १८ वटै भएपनि केहि फरक नपर्ने बिचार राख्दै सबभन्दा तल्लो तहमा काम गर्नेहरुलाई र आपत बिपतमा परेकाहरुलाई बिशेष प्राथमिकता दिएर सहयोग गरौ भन्दै सबै संस्थाहरु सित हातेमालो गर्न दूतावास हरबखत तयार रहेको बताउनु भयो । अन्तमा सबैको जिज्ञासाको जवाफ दिनु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट विबिध बिषयमा ओमानको निरिक्षण भ्रमणमा रहेका चार सदस्यीय प्रतिनिधि मण्डलको पनि उपस्थिति रहेको थियो ।