रोजगार ममन्च डट कम अनलाई पत्रिकामा पि.बि. श्रेष्ठद्धारा सम्प्रेषित ओमानमा राजदूताबास प्रति नेपाली संघ संस्थाहरु रुष्ट शिर्षकको समाचार प्रति यहाँका मुख्य संघ संस्थाहरुले नै आपति जनाएका छन ।
नेपाली दूताबास ओमान ओमान स्थापना भएको ६ महिना पूरा भएको अबसरमा आयोजित सो कार्यक्रममा नेपाली संघ संस्थाहरुले कुनै आक्रोश वा रुष्टता कसैले पनि नदेखाएको बरु छोटो अबधिमा दूताबासले गरेको काम कारबाहिको सराहाना गर्दै आगामी दिनहरुमा दूताबासले गर्नु पर्ने कामहरु बारे सुझाब दिईएको थियो ।
ओमानमा क्रियाशिल ६ अोटा संघ संस्थाहरु ओमान नेपाली एकता समाज, प्रवाशी नेपाली संघ ओमान, नेपाली समाज ओमान, बुद्ध भिजन ओमान, महिला समुह ओमान, तमाङ्ग समाज ओमान का अध्यक्षहरुले हस्ताक्षर गरेको सो प्रेस बिज्ञप्तिमा लेखिएको छ