साइ कृपा नेपाल भारत चेरिटेबल दिल्हीमा पहिलो पटक साँस्कृतिक कार्यक्रम गर्ने

– बाबु रोका मगर (दिल्ली,हरियाणा) – साइ कृपा नेपाल भारत च्यारीटेटले दिल्हीमा पहिलो पटक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।  
‘विर स्वाभिमानी नेपाली अघी बढौ नेपाली कला र संस्कृतिको बिकास गरौ’ भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । 
स्थित साँई कृपा नेपाल भारत चेरिटेबल ट्रस्टको आयोजनामा पहिलो पटक १५ अगस्ट २०१४ शुक्रबार भारतको राजाधानी दिल्लीमा हुने ट्रस्टले जनाएको छ । 
Displaying Chamsuri 1.jpg
प्रवासमा कैयौ पटक आम नेपाली समुदायको बिचमा नेपाली लोक साँस्कृतिक बिभिन्न कार्यक्रमहरू भएपनि साँई कृपा नेपाल भारत चेरिटेबल ट्रस्टको आयोजनामा हुन लागेको कार्यक्रमको महत्व बेग्लै हुने आयोजक ट्रस्टका सल्लाहकार बिष्णु के.सी. ले बताउनु भयो । 
बेग्लै प्रस्तुती दिने बिचारले पहिलो पटक हात्ति र चिम्सरीको महिला जोडीको बेजोड प्रस्तुति आम नेपाली समुदायको बिचमा प्रर्दशन गराउने जमर्को गरेको ट्रस्टले जनाएको छ । 
सामाजिक स्तरमा हामिले नेपाल र नेपालीहरुको छुट्टै पहिचान बनाउनका लागि भएपनि केहि नयाँ काम गरेर आखिर प्रवासमा अर्घाखाँची र लुम्बिनी बासीहरूको द्याक जमाउदै आएका हामी अर्घाखाँचीवासीहरूको शान झल्काउन लागि परेको आयोजकको दावी छ ।  
कार्यक्रममा नेपाली लोक दोहारीका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू राजु परियार,रामजी खाँड,पूर्णकला बि.सी. लगायत अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ | कार्यक्रममा भारत बासी सम्पूर्ण नेपालीलाई उपस्थिती भई कार्यक्रमलाई सफल बनाइदिनुहुन श्री साँई कृपा नेपाल भारत चेरिटेबल ट्रस्टले अनुरोध गरेको छ |     
अन्य जानकारीका लागी संपर्क 
कार्यक्रम हुने स्थान :- नयाँ दिल्लीको साउथ दिल्लीमा रहेको गृह कल्याण केन्द्र, एण्ड्रयूज गंज, नजिकै मुलचन्द मेट्रो स्टेशन
१) बिष्णु के.सी  +९१ ९६५०३०१६५० 
२) गोबिन्द पोख्रेल +९१ 9871980520
३)  नारायण बिक +९१ ९८१८४९५६०१ 
४) सुरेन्द्र पाण्डे   +९१ ९९७१३००४२१ 
५) जय प्रकाश    +९१ 8585983430
६) गुणनिती गैरे   +९१ ९७१६५६५८५३ 
७) सन्दिप भाट    +९१ ९८१००४६५१२