नयाँ आर्थिक वर्षका लागि संसदबाट पेश्की बजेट पारित

काठमाडौं, श्रावण १ । नयाँ आर्थिक वर्षका लागि संसदबाट पेश्की बजेट पारित गरिएको छ । एकीकृत माओवादी र मधेसी दलहरुले दर्जन बढी माग राख्दै संसद अवरोध गर्ने तयारी गरेपछि बुधबार साँझ ढिला गरी पेश्की बजेट पारित भएको हो ।
माओवादी र मधेसी दलहरुले दर्जन बढी माग बजेटमा समावेश गर्न माग गर्दै पेश्की पारित गर्न अवरोध गरेका थिए । अर्थमन्त्री डा. रामशरण महतले विपक्षी दलहरुका माग सकेसम्म सम्बोधन गर्ने आश्वासन दिएपछि विपक्षीहरु पेश्की बजेट पारित गर्न दिन सहमत भएका थिए ।
एमाओवादीले संघीयताको आधार तयार पारेर बजेट ल्याउनु पर्ने, माओवादी युद्धका सहिद परिवार र बेपत्ता परिवारलाई दुई/दुई लाख दिनुपर्ने लगायतका माग राखेको थियो ।
यस्तै, मधेसी दलहरुले भने हुलाकी मार्ग तीन वर्षमा पूरा गर्नेगरी बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए । IMAGEKHABAR