बाबु रोका मगर (दिल्ली,हरियाणा)
नेपाली कला, भाषा, संस्कृती, सिपमूलक सिप को बिकास र नेपाली हरुको माझमा एकता अनी भाईचारा को सद्भभावना बढाउ भन्ने मुख्य उदेश्य राख्दै १५ अगस्त २०१४ को दिन श्री पशुपती संपर्क मन्चले आफ्नो छैठौ प्रस्तुतीको पुरा तयारी गरेको जानकारी गराएको छ |
उक्त कार्यक्रम मा अपांग, बेसहारा तथा नेत्रहिन एवम क्यान्सर पीडित हरुलाई अहिले सम्म सहयोग गर्दै आएको र यस पटक अनी आगामी दिनहरुमा पनि यस्तै सहयोग गरिरहने प्रतिबद्दाता रहेको आयोजक का सचिव रमेश शर्मा ले अर्घाखाँची डट कम लाई बताउनु भएको छ |
कार्यक्रममा भारत बासी नेपाली हरुलाई भरिपूर्ण मनोरन्जन दिनको निमित्त नेपाल बाट प्रचलित कलाकार हरुलाई निमन्त्रणा गरिएको आयोजक समितिले जनएको छ | कलाकारहरुमा नेपालकी सबैभन्दा होची मोना घिमिरे, राष्ट्रिय लोकपप गायक अर्जुन कौशल, लोक दोहरी गायक/गायिका खुमन अधिकारी , जमुना राना, सपना गाहा मगर, नबिन पाण्डे र धुर्ब राना साथै स्थानिय डान्सर ग्रुप को भब्य प्रस्तुती रहेको जानकारी गराउदै सो कार्यक्रम मा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनी हरुलाई उपस्थित भई कार्यक्रम सफल बनाउन को निम्ती आयोजक परिवारले हार्दिक अनुरोध गरेको छ |
अन्य जानकारी को लागी हामीलाई सम्झनुहोस
स्थान:- मेन पार्क गोबिन्दपुरी, कालकाजी,गोबिन्दपुरी मेट्रो स्टेसन नजिकै नइ दिल्ली-१९
१) तुल्सी शर्मा + ९१- ९८१८३३९८२४
२) धुर्ब राना + ९१- ९८१०९१७१५६
३) रमेश शर्मा + ९१- ९७१६३१५५५१
४) शिखर श्रेष्ठ + ९१- ९८१०८१२०३३