बलात्कृत बालिकालाई अन्ततः उनकै आमाले रगत दिएकी छन्। रगत अभावमा धनगढीस्थित सेती अञ्चल अस्पतालमा छट्पटाई रहेकी ११ वर्षीया बलात्कृत बालिका विसना (नाम परिवर्तन) लाई कसैले रगत नदिएपछि शनिबार उनकै आमाले रगत दिएकी हुन्।
शरीरमा रगत धेरै कम भएकाले आज पनि रगत चढाउनु पर्छ भन्यो, केही उपाय नलागेपछि आफैले रगत दिए उनकी आमाले भनिन्।
आइतबार राति घरमा बहिनीसँग सुतिरहेकी दोदोधरा गाविसकी बालिकालाई नचिनेका मान्छेले बलात्कार गरेको थियो। आमा घर नजिकैको विहेमा गएको मौका छोपेर अपरिचित व्यक्तिले बालबालिकालाई बलात्कार गरेको थियो।
अचेत अवस्थामा अस्पताल पुर्याईएकी बालिकालाई पहिलो दिन उनकै काकाले रगत दिएका थिए। त्यसपछि पनि चिकित्सकले थप रगत चाहिने भनेपछि परिवारका सदस्य रगतको खोजीमा जुटेका थिए।
‘अस्ती देवरले रगत दिए, आज कोही नभएकाले मैले नदिई भएन्’ उनले भनिन्