बैदेशिक रोजगार पीडित महिलाको उद्दार

बाबु रोका मगर (दिल्ली हरियाणा) 
नेपालमा रोजगारिको अभावले बिदेश जाने र धेरै पैसा कमाउने सपना बोकेका धेरै महिला दिदिबहिनी र पुरुष दाजुभाइ हरुले भोग्नु परेको समस्या दिनका दिन समाचार मा आउँदा पनि यसको रोकथाम हुन भने सकेको छैन यस्तै अर्को घटना भर्खर मात्र प्राप्त एउटी बेसहारा महिला लाई धेरै धन कमाउने प्रलोभन देखाइ गल्फ देश कुवेत लैजादै गर्दा दिल्ली को ईन्द्रगान्धी एयरपोर्ट बाट हेल्प नेपाली मिसन को सदस्य हरी रैला ले मिशन का अध्यक्ष कबी कार्की लाई हस्तान्तरण गर्नु भएको थियो र सो महिला लाई दिनांक १७ जुलाई २०१४ मा प्रवासी नेपाली मित्र मन्चकी सहसचिव मङ्ला रावत र शेर सिङ जिम्बाल द्दारा नेपाल को कंचनपुर महेन्द्र नगर सिडियो कार्यालय मा बुझाएको प्रवासी नेपाली मित्र मन्च का संरक्षक दुर्गा प्रशाद अर्याल ले अर्घाखाँची डट कम लाई बताउनु भयो |
जलारी वडा नम्बर नौ कंचनपुर निवासी बर्ष २९ कि पार्वती सार्की लाई कंचनपुर कि शर्मिला थापाले बिभिन्न प्रलोभन देखाइ सुरेन्द्र नाम गरेको दलाल सँग दिल्ली पठाएको र सो दलाल ले दिल्ली मा नौ दिन सम्म आफ्नो घरमा राखी बिदेश जाने दिनमा ईन्द्रगान्धी एयरपोर्टमा लगेर अल्पत्र पारी आफु फरार भएको पीडित ले बताइन १२ बर्ष पहिले श्रीमान को मृत्‍यु पछी दु:ख झेल्दै एउटा छोरो र अाफ्नो पेट पाल्न समेत धौ भए पछी बिदेश जाने निर्णय गरेको तर उल्टै झन ठुलो समस्यामा परेको दु:ख पोखिन |
पार्वती जस्ता सयौ महिलाहरुलाई बैदेशिक रोजगारिको पर्लोभन देखाइ दिल्ली को पहाड गन्ज, ग्रिन पार्क, मजुन्टुला जस्ता दिल्ली का बिभिन्न ठाँउ   स्थित बिभिन्न होटल अनी कोठी मा बन्धक बनाएर राख्ने दलालहरुको क्रम बढ्दै गएको हेल्प नेपाली मिशन र प्रवासी नेपाली मित्र मन्च ले जानकारी गराएको छ | चेलीबेटी बेचबिखन र बैदेशिक रोजगारीको नाममा गरिने मानव तस्करीहरु बाट पीडितहरुको बचाव कार्य मा लाग्नु भएका संस्थाका प्रतिनिधि हरुलाई दलाल हरुले शारिरिक यातना पनि दिएको प्रतिनिधिहरु बताउनु हुन्छ | यती हुँदा पनि भारत मा रहेको नेपाली राह्दुतावास ले खासै चासो न देखाएको हुनाले सहयोग कार्य मा जुट्न अली गाह्रो परेको कबी कार्की र दुर्गा पर्साद अर्याल ले बताउनु भयो |