जीवनसंगिनीलाई प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का

अमेरिकाको मेरिल्याण्ड र पेन्सलभेनियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत हुन्, प्रेमराजा महत । अमेरिकाको नेपाली समुदायबीच उनी एक समाजसेवी हुन्, जो नेपाली समुदायलाई सेवा गर्न पाउनु आफ्नो भाग्य ठान्छन् ।
नेपालमा भने उनको अर्कै पहिचान छ । करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएपनि नेपालका रेडियो र टेलिभिजनमा नेपालमा अझै पनि उनका दर्जनौं गीत घन्कन्छन् । पानको पात