विद्यालयको रकममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक श्रोत ब्यक्ति सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भसेढवा गाविस ८ झौवाको राम प्राथमिक विद्यालयको पाठ्यपुस्तक, छात्रवृत्ति र प्रति विद्यार्थी कोष पिसिएफको रकममा भ्रष्टाचार गरेको आरोपमा श्रोत ब्यक्ति रामवचन प्रसाद यादव, ब्यवस्थापन समितिका अध्यक्ष श्याममिकी प्रसाद यादव र प्रधानाध्यापक वाल्मिकीप्रसाद यादवविरुद्ध आइतबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनीहरुले आर्थिक वर्ष २०६४/६५ देखि ७०/७१ सम्मको पाठ्यपुस्तक, छात्रवृत्ति र पिसिएफ कोटाको रकम झुटो विवरण देखाएर २६ लाख ७१ हजार ८ सय १० रुपैयाँ भ्रष्टाचार गरेका अख्तियारले विज्ञप्ति निकालेर जनाएको छ ।