६ बर्षअघि यूएईआइ हराएका एक नेपाली अझै भेटिएनन्

उमाकान्त पाण्डे – दुबइ, रोजगारीका लागि ६ बर्ष अघि संम्युत्त अरब एमिरेट्स यूएईको दुबई आएका नेपाली हराएका छन । 
६ वर्षअघि दुबई आएका कास्की पुम्दीभुम्दी ५ का सन्तोष परियार गएको दुई बर्ष यता परिवारको सम्पर्कमा हुनुहुन्न । संपर्क विहिन भएको दुई बर्षसम्म नभेटिँदा परिवार र आफन्त चिन्तामा परेका छन् ।
घर बिदामा नेपाल आउन भनी दुई बर्षअघि दुबई बिमानस्थलसम्म आइ पुगे भनेर उहाले परिवारलाई फोन गर्नु भएको थियो । 
आफु काम गर्ने घरको सवारी चालकले विमानस्थलसम्म पुर्‍याएको र आफुलाई लिन सन्तोषले आफ्नो बुवालाई काठमाडौको त्रिभवन विमानस्थलमा बोलाउनु भएको थियो । 
सन्तोषलाई काठमाडौको त्रिभवन विमानस्थलमा प्रतिक्षा गरिरहेका बुबा झलकबहादुरले अहिलेसम्म भेट्नुभएको छैन । उहां अहिले छोराको खोजीका लागि बिभिन्न निकायमा धाइरहेपनि फेला पार्न सक्नुभएको छैन ।
कास्की ढुंगेसाँघु टुटुङ्गाका कृष्णबहादुर ढकाल हिजोआज सन्तोषको खोजीका लागि सहयोग माग्दै दुबईमा हुने नेपाली समुदायको जमघटमा पुग्न थालेको एक बर्ष भईसक्यौ ।  
एउटा हातमा सन्तोषको राहदनीको फोटोकपी, अर्को हातमा फोटो लिएर पार्कमा रहेका नेपाली माझ हारगुहार गर्दै हिड्नुभएका ढकाल भन्नुहुन्छ