उमाकान्त पाण्डे – दुबइ साउन १७, – बैदेशिक रोजगारीका लागि दुबइ आएका नेपालीहरु मिलेर आफ्नो गाउंमा सामाजिक सेवामा लागेका प्रसस्त उदाहरण भेटिन्छन । पछिल्लो समय नेपालका बिभिन्न जिल्लाहरुबाट दुबइमा आएर रोजिरोटी गर्दै आएका नेपालीहरु संगठित भएका छन ।
धादिङ बाट बैदेशिक रोजगारीका लागि यूएई पुगेका नेपाली मिलेर ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’ नै चलाएका छन ।
यस् अभियानको सम्योजनकारी भूमिका धादिङका भुवन गुरुङगले गर्नु भएको छ । सन १९९९ मा रोजगारीका लागि साउदी पुगेका गुरुङले रोजीरोटीको क्रममा धेरै राम्रा अबसरहरु पाउदा पनि कम्प्युटर शिक्षा नभएकोले सबै अबसरहरु गुमाउनु परेको पिडाले गर्दा यस् अभियान सन्चालनमा ल्याउनु भएको हो । कम्प्युटर शिक्षा नपाएकै कारण साउदी पुगेर हण्डर खाए पछि दुबइ आई पुगेका गुरुङगले यस् अभियान मार्फत आफ्नै जिल्लामा प्राबिधिक शिक्षाको लागि सुरुवात गर्नु भएको हो ।
सहयोग गरेका सामाग्रीहरु वार्षिक बिदामा नेपाल फर्किदा हस्तान्तरण गर्ने गरेको उहांले बताउनु भयो ।
गाउँमा कम्प्युटर शिक्षा अभियानले जिल्लाका ५ वटा बिधालयमा ६५ वटा कम्प्युटर प्रदान गरेको छ । त्यस्तै दुई प्रोजेक्टर, एक स्मार्ट इन्टरएक्टिभ बोर्ड, १५ सिसि टिभि क्यामेरा र एउटा मल्टी सिस्टम प्रिन्टर हस्तान्त्रण गरेका छन ।
यस् अभियानलाई यूएईमा मात्र होइन अन्य देशमा रहेका धादिङेलीहरुले राम्रो सहयोग गरेका छन । अभियानलाई प्राय दैनिक सहयोग गर्ने क्रम जारी छ । सहयोग गर्नेहरुको नामावाली र सहयोगको प्रकार सामाजिक सन्जाल मार्फत गुरुङले सार्वजनिक गर्ने गर्नुहुन्छ ।
खाडी क्षेत्रमा पनि कम्प्युटर शिक्षा नभएकोले अधिकांश नेपालीहरूले निम्न आम्दानीमा श्रमिक भएर काम गरेको देखेर आफुले ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’सन्चालन गर्न थप प्रेरणा मिलेको उहा बताउनु हुन्छ । यस् अभियानलाई यूएईमा रहेको धादिङ सेवा समाज यूएईले पनि आफ्नो अभियान कै रुपमा लिएर सहयोग गरिरहेको समाजका अध्यक्ष भीम अधिकारिले बताउनु भयो । उहा आँफै पनि यस् अभियानमा सकृय भएर लाग्नु भएको छ ।