बाबु रोका मगर – रोजगारी को शिलशिला मा भारतमा आएका नेपालीहरुले भारत को राजधानी दिल्ली (NCR) जस्ता ठाउँँ हरुमा बिभिन्न नाम द्दारा करीब एक सय भन्दा बढी बिभिन्न संघ र संस्थाहरु खोलेका छन | कोही दर्ता भएका छन भने कोही दर्ता भएका छैनन । विधान र उद्देश्य राम्रा लेखिएता पनि कार्यनिती भने त्यस्को ठीक उल्टो भएको सुन्न अनी देख्न पाइएको छ | संस्थाको नाममा बिभिन्न बहानामा कार्यक्रम गर्ने,आफ्नो मात्र स्वार्थ पुरा गर्ने र भाषण मात्र छाँट्ने यस्ता कृयाकलापहरु मात्र भएको थुप्रै नेपालीहरुले प्रतिकृया दिएका छन ।
यस्तै दिल्ली मा नाम चलेको संस्था १९९० देखी चल्दै आएको प्रवासी नेपाली मित्र मन्च को यस पटक नाम आएको छ | अरुण कुमार थापा ले नेपाली मित्र मन्च का संरक्षक दुर्गा प्रसाद अर्याल र उनकी छोरी विजया लक्ष्मी अधिकारी लगायत यि दोय बाबुछोरी लाई समर्थक गर्नेहरु विरुद्द अहिले का भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी लाई पत्र पठाइ यो संस्थाको छानविन गर्न अनुरोध गरेको अर्घाखाँची डट कम लाई बताउनु भएको छ | संस्था कि अध्यक्ष रेनु थापा ले भन्नु हुन्छ म लगायत संस्था का सदस्यहरु लाई कुनै कार्य योजनाको जानकारी नगराइ एका एक खर्च भएका नक्कली विलहरुमा म सँग साइन गराउने र संस्थाको हिसाबकिताब आफु बाबुछोरी मात्र मिलेर गर्ने गरेको खुलासा गर्नु भएको छ | जबकी दुर्गा प्रसाद संस्थाका संरक्षक मात्र हुन भने विजया लक्ष्मी साधरण सदस्य हुन संस्थाको सबै आय,ब्यय यि बाबुछोरी र यिनका समर्थक हरु मिलेर आफ्नो मुठ्ठीमा कसेर राखेको बताउनु भएको छ |

अरुण थापा ले आक्रोश पोख्दै भन्नु भयो हामी नेपाली हौ हामीले नेपाली हरुको जनहितको लागि काम गर्नु पर्छ | तपाइ नेपाली भएर नेपाली संस्था को विरुद्द किन उठ्नु भएको भन्ने प्रश्न गर्दा उहाँ भन्नु हुन्छ म संस्था को विरुद्द होइन संस्थामा हुने गरेका नराम्रा कृयाकलापको विरुद्द बोल्दै छु यदी यसमा मलाई कसैले सहयोग गर्न चाहन्छ भने ठीक छ होइन भने म एक्लै ले भएपनि यो कुराको निचोड निकालेर मात्र छोड्छु |
अरुण थापा संस्था का नयाँं सदस्य हुन भने संस्थाको अध्यक्ष रेनु थापा हुन रेनु थापा लगायत संस्थाका अन्य सदस्यहरु कमला पोख्रेल,सिता पाण्डे,बिष्णु बन्जाडे सोभान सिंह,प्रकाश कुमार, भिम सिङ राना,सिताराम आदी संस्था का सदस्यहरुले मिडिया लाई भन्नु भयो कि दुर्गा प्रसाद अर्याल विजया लक्ष्मी, अनिता क्षेत्री,सिखा क्षेत्री,बिष्णु खनाल को परिवार लगायतले संस्था लाई प्रगती को बाटो मा नलगी आफ्नै घर जस्तै बनाएको आफुले जे भन्यो त्यही हुने र गर्ने, डोनेसन बाट आएका रकमहरु को हिसाब न दिने कुनै बैठक सभा मा आफुलाई फाईदा हुने काम मात्र गर्ने,अरु सदस्य हरुलाई कुनै जानकारी नदिने, पढे लेखेकाहरु लाई स्थान न दिने यस्तै थुप्रै कृयाकलापहरु बर्षअौ देखी हुँदै आएको र हामीहरुले कयौ पटक यस्तो गर्नु राम्रो होइन भन्दा उहाँहरुले भन्नु भयो तिमीहरुले जे गर्न सक्छौ गरी देखाउ हामी कसै सँग डराउदैनौ यो संस्था मेरै बाउको हो, धेरै सम्झौदा पनि नमाने पछी आज हामीले यो कदम चाल्नु परेको बताउनु भयो | सदस्यहरु संस्था मा कुराकानी बुझ्न जाँदा तिमीहरु को हौ तिमीहरु यहाँ आउने कुनै अधिकार छैन भन्ने जस्ता कुराले हामीहरुलाई झन दुखी बनाएका छन |
दुर्गा प्रसाद अर्याल अहिले हालचालै स्थापना गरिएको संस्था (छाता संगठन) अखिल भारत नेपाली स्वतन्त्र महासंघ(भारत) का अध्यक्ष पद मा हुनुहुन्छ भने उहाँकी छोरी विजया लक्ष्मी सोही संस्थाकी सहसचिव पद मा हुनुहुन्छ | महा संघले पनि यो बिषय लाई गहिरो रुपले सोच्नु पर्ने बेला आएको छ महासंघ जस्तो संगठन मा यस्ता ब्यक्ती हरुको भरोसा अनी भूमिका कस्तो होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो | संस्था का नाम मा आफु मनपरी गर्ने यहाँ धेरै संघ संस्थाहरु छन तर यहाँ मुख खोल्न नसक्ने तै चुप मै चुप को कारण ले अन्य संस्थाको नाम आएको छैन | संस्थामा राम्रो काम गर्न खोज्नेलाई मौका दीइदैन सबै आफ्नो नाम र दाम कहाँँ बाट कसरी कमाउन सकिन्छ यसैको पछी आफुले जे गर्न पनि तयार भएका यस्ता ब्यक्तीहरुको चरित्र ले बताउछ |