मोदीको भ्रमणले के गर्‍यो !


 

– राजु खडका 
  अर्घाखाँची



युद्ददेखी बुद्दसम्म सहयोगदेखी शक्तीसम्म, बिचारदेखी कठोरतासम्म धर्म-कर्मदेखी भक्तीसम्म, जे होश प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण निकै सफल देखियो । राम्रो काम गर्ने शत्रु भए पनि प्रसम्सा गर्नु पर्छ । फेरी भारत त आफ्नै छिमेकी राष्ट्र त्यो माथि नरेन्द्र मोदी जस्तो सफल ब्यक्ती – चर्चा त हुने नै भयो ।



हुन त मलाई राजनीति बारे त्यती ज्ञान छैन किनकी म सधैं पार्टीको झन्डाभन्दा पनि नेपालको झन्डा बोक्ने रहर लिएर हिंडेको हुन्छु । तैपनी २ दिन नै सार्वजनिक बिदा राखेर पाहुना बनी आएका छिमेकी राष्ट्रका प्रधानमन्त्री जो बोलेरभन्दा पनि गरेर देखाउनेमा विश्वाश राख्ने सफल राजनितिज्ञ मानिन्छन उनको चर्चा चारैतिर सुनिएको हुँदा आफुलाई लागेको बिषय लेख्ने मन लाग्यो ।



यो भ्रमणबाट नेपाल मात्र नभएर भारतलाई पनि फाईदा भएको छ । लामो समयदेखी धेरै बिषयबिच (भगवान गौतम बुद्दको जन्म स्थानदेखी अन्य) बिषयमा खटपट हुँदै आएको र पछील्लो केही समय यता हाम्रो अर्को छिमेकी राष्ट्र चीनले तिब्र रुपमा सहयोग गर्दै आएको र सम्बन्ध कसिलो हुँदै गएकोमा कतै भारतको चित्त नबुझेको पनि हुन सक्छ ।



आन्तरिक रुपमा राजनैतिक् दलका नेताहरु दिनहु भारत गएर अलग-अलग भेट घाट गरेता पनी त्यो ब्यक्ती या दलको स्वार्थको लागि भयो नेपालको हित लागि भने सधैं शुन्य भएर गयो । तर यसपाली मोदीको नेपाल भ्रमणले धेरै पक्षबाट सकारात्मक् चर्चा बिदेशसम्म पुगेको छ । हिन्दूहरुको अरध्यादेव पशुपती नाथको मन्दिरदेखी, नेपालीहरु बहादुर र ईमान्दार हुन्छन भन्ने सन्देश देश बिदेशको कुना-कुनामा पुर्याउन मद्दत् गरे । यो पनि प्रधानमन्त्री नरेन्द्र मोदीकोबाट थप सहयोग भएको हो । 



भन्न त मोदीले आफ्नो भ्रमण पछी भारत पुगेर नेपालको बारेमा स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्प्रेरणा हुने धारणा ब्यक्त गरे । तैपनी हामीले यो जानी राख्न जरुरी छ कि मोदी भारतका प्रधानमन्त्री हुन । 



हामीले हाम्रो देश नेपाललाई सगरमाथा र बुद्द जन्मेको सुन्दर, शान्त र सफल देश नेपाल हो भनेर चिनाउन हाम्रा सम्पूर्ण राजनैतिक् दलमा एकता र भाईचाराको बिकास गरे मात्र सफल हुनेछ । उनको राजनैतिक् यात्रा (चिया पसल देखी भारत जस्तो रास्ट्रको प्रधानमन्त्री), राजनैतिक लयको प्रस्तुती, बिचारमा सत्यता, लगन र मेहनत जसरी विद्यार्थी आफ्नो कक्षामा प्रथम हुनको लागि गर्छ त्यसै गरेर नै राजनीतिमा पनि अनुशासन लगन र बिचारको सम्मान गर्ने हो भने अबश्य सफल भइन्छ भन्ने सुझाब नेपालमा रहेका राजनैतिक दलका नेता र सम्पूर्ण सरोकारवालालाई महसुस गराए जस्तो मलाई लागेको छ । 



सधैं पार्टीको झन्डा र कुर्सिको लागि लडने नेपाली नेताहरुलाई नेपालमा साच्चै मनबाट चाहेर गर्ने हो भने धेरै थरीका ब्यबसायहरु फस्टाउन सक्ने र सफल हुने तबमात्र संसार ले त्यो देश, देशका नागरिक र बिबिधतालाई हेर्ने दृष्टिकोण पनि फरक हुनेछ । 



भारत र नेपालको खुल्ला सिमा जस्ता बिभिन्न खाले सन्धी भएता पनि अन्य (बङलादेश, अफगान्स्थान) देशको तुलनामा वार्षिक ६०० हजार करोड सहयोग प्रदान गर्दै आएको भारत सरकारले एसपाली १० हजार करोड रुपैया सहयोग गर्ने घोषणा गर्यो । त्यो पनि नेपाल जस्तो अन्य आय श्रोत नभएको देशमा केही न केही राहतको बिषय अबश्य हो । 



मोदीको भ्रमणले सधैं सभाहलमा सुत्ने सभासदहरुदेखी लिएर नेपालको सुरक्षा र बिभिन्न अभियानमा (सरसफाईदेखी लिएर अन्य) जसरी नेपाल सरकारले सकृयता देखायो यदी यही सक्रियता र अनुशासन देखाउने हो भने नेपाल केही पलमा नै सफल राष्ट्र बन्न सक्ने मैले अनुमान गरेको छु ।



The views expressed in this article are the author’s own and do not necessarily reflect  Arghakhanchi.Com’s editorial policy.