राजु खडका
अगस्त ८, दुबइ । ८ अगस्त शुक्रबारका दिन यु ए ईको बर दुबइ स्थित मेट्रो पार्कमा अर्घाखाँची संपर्क समिती यु ए ईको बैठक सम्पन्न भएको छ। यु ए ई का सात ईमिरेटसमा उपस्थित अर्घाखाँची बाशीहरुको समाजका लागि केही गर्नु पर्ने नै सामुहिक आबाज रहेको थियो।
हामीले सहयोग नगरे कस्ले गर्ने बिदेश मा हाम्रो छिमेकी बाहेक आफन्त अरु को नै छ र? हरेक पल हामीमा एकता हुनु पर्छ, कसरी हामी सबैमा बिदेश मा हुने गरेका घटना रोक्ने, कसरी हरेक क्याम्प सम्म हामी स्वथ्य जीवन र सम्मानजनक जीवन बनाउन सकिन्छ भन्ने बिषयले बैठक ध्यान आक्रसण गराएको थियो।
हिन्दूहरु को महान पर्व दसैं को अबसर पारेर अर्घाखाँची संपर्क समिती यु ए ई ले अक्टोबर ३ तारिक का दिन दसैं को टिका, पण्डितहरु बाट पर्वचन साथै पिकनिक को सामुहिक मनोरन्जनात्मक कार्यक्रम गर्ने घोषणा गरेको छ। साथै अन्य संघ संस्थाहरुलाई कार्यक्रम नजुदाइ सहयोग गर्न समेर अपिल गरेको छ।
प्रचुर गर्मी भयता पनि उक्त बैठकमा उपस्थिती बाक्लो देखिन्थियो। यु ए ई मा रहेका अर्घाखाँची बाशीहरुको सुख दु:ख को चौतारी बन्न सफल संपर्क समितीमा दिनानु दिन आबद्द हुने ईच्छा गर्ने हरुको सन्ख्या गुणात्मक हुँदै गएको छ। बिभिन्न किशिसमा सामाजिक साहयोग र आपसी भाईचारको हात बढाउदै गएको उक्त समितीले अर्घाखाँची जिल्ला मा शुरु भएको “अर्घाखाँचीमा आधुनिक शिक्षा” नामक अभियानमा समेत हातेमालो गर्ने बैठकले निर्णय गरेको छ।
समितीका अध्यक्ष राजु खडकाको अध्यक्षतामा शुरु भएको उक्त बैठक महासचिब चिरन के शि ले सन्चालन गर्नु भएको थियो। उक्त बैठक मा केन्द्रिय उपाध्यक्ष धुर्ब के शि, सचिब जीवन के शि का साथ सारजाह क्षेत्रिय् समितीका प्रतिनिधि, दुबइ क्षेत्रिय् समितीका प्रतिनिधि र अबुधाबी क्षेत्रिय् समितीका प्रतिनिधिको उपस्थिती थियो।