नेपाली विद्यार्थी संघ दिल्लीको आयोजनामा युवा संगठित संवाद कार्यक्रम सम्पन्न

बाबु रोका मगर 



दिल्ली  | नेपाल बाट उच्च शिक्षा प्राप्तिको लागी भारतको राजधानी दिल्ली मा अध्ययनरत विथार्थीहरुले गौरवपूर्ण कार्यक्रम गरेका छन |भारत को संविधान क्लब, रफी मार्ग, केन्द्रीय सचिवालय दिल्ली स्थित १० अगस्त २०१४ को दिन नेपाली विद्यार्थी संघ दिल्ली को आयोजनामा युवा संगठित संवाद  कार्यक्रमको आयोजना गरिएको थियो | 

 



 

उक्त कार्यक्रममा प्रमुख अतिथि भाजपा नेता नेपालमा सेल संयोजक, अजित सिंह र सांस्कृतिक अनी शिक्षा सल्लाहकार नेपाल दूतावास बाट अर्जुन पन्तको उपस्थिती रहेको थियो | त्यस्तै हातेमालो, जुनकिरी, ने वि संघ का विधार्थीहरुको पनि पूर्ण उपस्थिती रहेको थियो     कार्यक्रममा बिभिन्न प्रवक्ताहरुले आ-आफ्नो बिचार ब्यक्त गर्दै अहिले हालचालै मोदिको नेपाल भ्रमण सकारात्मक भएको उल्लेख गर्नु भएको थियो | कार्यक्रम मा बिशेष सहयोगी मोहन साक्य र सन्दिप राना को बिशेष भूमिका रहेको थियो |

 



 

विधार्थीहरुलाई आफुलाई नै खर्च पुर्याउन गार्हो हुन्छ त्यही माथि प्रदेशमा र पनि आफ्नो नेपाली विधार्थीहरुको पहिचान र हकहितको लागी आफ्नै गोजीबाट खर्च गरी कार्यक्रम ब्यबस्थित रुपले सन्चालन गरिएको थियो | नेपाली विधार्थीहरुलाई सम्बन्धित बिषयको मद्घत पुर्याउने नेपाल र नेपाली को प्रतिनिधित्व गर्दै दिल्ली,ICCR र अन्य University द्वारा आयोजित सांस्कृतिक कार्यक्रम मा सहभागी जनाउने, बौद्धिक सम्मेलन, सेमिनार र अन्य अन्तरक्रियात्मक कार्यक्रम Organise गर्न सबैलाई जागरुक गराउने, घर बाट टाढाभएकाहरुका लागी एउटा गृहको सिर्जना गर्ने आदी इत्यादी यो विधार्थी संघ को मुख्य उद्देश्य रहेको छ | सो कार्यक्रम दिउसो ३ बजे देखी बेलुकी ७ बजे सम्म भएको थियो भने कार्यक्रम सन्चालन राजदिप महतले गर्नु भएको थियो |