विजयसिंह भारती
प्युठान । प्यूठानमा शुक्रवार विहान भएको बस दुर्घटनामा दुर्इ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
कपिलबस्तुको कृष्णनगरबाट प्यूठानको दम्ती आउँदै गरेको लु १ ख ३२३२ नम्बरको बस प्युठानको ढुंगेगढि-३ पाकुरीखोलामा दुर्घटना हुँदा दाखाक्वाडी-७ का २९ वर्षीय जितबहादुर विक र कुमारी दमिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते २५ जनाको भालुवाङ, लमही र बुटवलका अस्पतालहरुमा उपचारका भइरहेको अस्थायी प्रहरी पोष्ट बड्डाँडाका इन्चार्ज सई हरिहर खड्काले जानकारी दिए ।
बस सडकबाट करिव एक सय मिटर तल खसेको हो । जिल्ला अस्पताल विजुवारबाट उद्धारका लागि गएको एम्वुलेन्स पहिरोका कारण खहरे खोलामा रोकिएको छ ।