यूएई – खाडी मुलुक यूएईमा रहेका नेपालीहरुले नेपाली कल्याणकारी समाज, यूएईले आयोजना गरेको हरितालिका तिज २०७१ को उपलक्ष्यमा यही ८ अगस्त २०१४ शुक्रबारका दिन दुबईको क्रिक पार्कमा बिविध मनोरञ्जनात्मक कार्यक्रम सहित भरपुर मनोरञ्जन का साथ भरपेट दर सहित बिभिन्न प्रकारका परिकारहरु खाए साथै उक्त कार्यक्रम बाट भएको मुनाफा र अन्य सहयोगी दाताहरुले दिएको सहयोग बाडी पहिरो पिडीत् लाई राहत प्रदान गर्ने भएकाछन् ।
संस्थाकी अध्यक्ष बविता रास्कोटी मगर तथा उपाध्यक्ष तुल्सीराम पौडेलले दिएको जानकारी अनुसार संस्थाले बिषेशगरी हिन्दु नारीहरुको चाड हरितालिका तिज लाई मध्येनजर गरी यूएईमा कार्यरत् नेपाली दिदीबहिनी तथा दाजुभाई लाई कार्यक्रममा उपस्थित गराई भरपुर मनोरञ्जन का साथ बिभिन्न प्रकारका परिकारहरुको स्वाद लिदै पेटभरी दर खुवाई रमाईलो संग बिदेशी भुमिमा यो चाड मनाएको जानकारी गरेका छन् । स्थानीय कलाकार हरुको प्रस्तुति र तिजी गितको रमाईलोमा उपस्थित अधिकांश दर्शकहरु सामुहिक रुपमा नाचेर रमाईलो गरे साथै उनीहरुले नेपाली कला संस्कृतिको जर्गेना गर्दै बिदेशी भुमिमा नेपाल र नेपालीहरुको पहिचान बढाउन यो संस्थाले अहम भुमिका निर्वाहगर्दै आएको र थुपै्र उद्धारका कामहरु गर्दै सामाजिक क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको जानकारी गराउदैं हाल नेपालमा भएको दैबिप्रकोप बाडी पहिरो पीडित लाई राहत प्रदान गर्न यो संस्थाले राहत संकलन अभियान सुरुगरेकोले प्रवासी नेपाली तथा यस संग सम्बन्धित सबैलाई सहयोगी हातहरु फैलाउन आग्रह गरेकाछन् ।
यो संस्थाले नेपाली चाड पर्व, बिभिन्न किसिमका सांस्कृतिक तथा अन्य कार्यक्रमहरु प्रसस्त मात्रामा गर्दै धेरैे नेपालीहरुलाई सहयोग एवं आपत् बिपत्मा परेका नेपालीहरुलाई आर्थिक तथा भौतिक सहयोगगर्दै बृद्ध बृद्धा नागरिकहरुलाई सहयोग सम्मान, दैबि प्रकोप जस्ता आपत् कालिन अबस्थामा सहयोग तथा कुनै पनि समस्यामा परेका नेपाली लाई सहयोग प्रदान गर्दै आएको यो संस्था नेपालीहरुको हितका लागि थुप्रै उद्धेश्यहरु बोकेर काम गरिरहेको जनाएकाछन् ।
यस समाजले आयोजना गरेको महान चाड हरितालिका तिज तथा बिविध मनोरञ्जनात्मक कार्यक्रममा सहभागि भै कार्यक्रमको शोभा बढाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै राहत संकलनमा पनि साथ दिन आग्रहगर्दै यूएईका बिभिन्न नेपाली संघ