उमाकान्त पाण्डे/दुबई– दुबईबाट आमाले सिकाएर नेपालमा छोरीले गाएको गिती एल्बम ‘काठमांडौ जादा’ यूएईमा सार्वजनिक गरिएको छ ।
वैदेशिक रोजगारीका लागि युएईको आबुधाबीमा रहेकी गायिका साबित्री गिरीका शब्दलाई उनकी जेठि छोरी ज्योति गिरीको स्वरमा यस् पटकको तीजको भाकामा बजारमा ल्याईएको गिती एल्बम ‘काठमाण्डौ जादा’ यूएईको दुबइमा शुक्रबार सार्वजनिक गरिएको हो ।
एल्बमको लागि सहयोग गर्ने गायिका राधिका हमाल दुबइमा आएको मौका छोपेर सो गिती एल्बम सार्वजनिक गरिएको हो । हमाल नेपाली जनसमपर्क समिति यूएईले दुबइमा आयोजना गरेको तीज कार्यक्रमका लागि दुबइ आएकी थीईन ।
सोही कार्यक्रममा गिरीको पहलमा बजारमा ल्याएको एल्बम ‘काठमांडौ जादा’ बिमोचन गरेकी हुन ।
‘काठमाण्डौ जादा लाएको माया
पोखरा आउँदा भुलिएछ यार
जुन केटी देख्यौ त्यही नजर जान्छ
बैशको मातले झुलिएछ यार ‘
गायिका सावित्रीकै पहलमा यो गीतको भिडियो पनि दुबइमै तयार गरिएको थियो । जुन भिडियो दुबईमा रहेको जबिल पार्कमा नेपाली चेलीबेटी जम्मा गराएर छायाकंन गरिएको थियो ।