डिला रेग्मी /अर्घाखाँची डट्कम् । दुबइ – भदौ ४ , यूएई नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन दुबइमा हुने भएको छ । सम्मेलन दुबइमा रहेको फोर्चुङ ग्रान्ड होटलमा सेप्टेम्बर १२ शुक्रबार हुने भएको हो ।
यूएईमा संगठित श्रमजीवी मजदुरको हकहितकालागि स्थापना कालदेखि सकृय एकता समाजको यो सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय जनमोर्चाको अन्तरास्ट्रिय भात्री सस्थाको रुपमा सन् १९९८ मा यूएईमा स्थापित यूएई नेपाली एकता समाजको पहिलो राष्ट्रिय सम्मेलन सन् २००१ मा भएको थियो । पहिलो राष्ट्रिय सम्मेलनले यूएईमा फरक-फरक धारमा रहेका जनसास्कृतिक परिवार र एकता समाजलाई गाभेर मानबहादुर थापाको अध्यक्षतामा यूएई नेपाली एकता समाजको रुपमा नामाकरण गरेको थियो । थापा यूएई छोडि नेपाल फर्केपछि समाजको भेलाले कृष्ण केसीलाई अध्यक्ष बनाएको थियो ।
केसीको कार्यकालमा पनि थुप्रै उदाहर्णिय कार्य गरेको समाजका कार्यबाहक महासचिव मेघराज खनालले जानकारी दिनुभयो । सम्मेलनले समाजलाई अझ प्रभावकारी र बलियो बनाउन नयाँ नेत्रित्व सहित नयाँ कार्य समिति तथा केन्द्रिय प्रतिनिधि चुन्ने समेत अनुमान गरिएको छ ।
पहिलो राष्ट्रिय सम्मेलन पछि सामाजिक रुपमा बिभिन्न कार्य गर्दै आएको समाजले नेपालमा आउने भनिएको जातीय संघींयता बिरुद्द ३० हजार नेपालीको हस्ताक्षर सकंलन गरेर पहिलो संविधान सभालाई बुझाएको थियो ।
स्मरण रहोस् , यूएई नेपाली एकता समाजले हालै: नेकपा मसालका महामन्त्री अर्ध भूमिगत नेता मोहन विक्रम सिहंको उपस्थितीमा कार्यकर्ता प्रशिक्षण समेत गरेको थियो ।