बाबु रोका मगर दिल्ली हरियाणा
भारतको राजधानी दिल्लीमा नेपाली दिदिबहिनीहरुलाई लक्ष्क्षित गर्दै यही आउदो २८ अगस्त बिहीवारको दिन ठीक १२ बजे दिखी प्रवास जनकल्याण र हाम्रो स्वाभिमान ले नेपाली हिन्दु नारिहरुको महान चाड हरितालिका तिज कार्यक्रम को भब्य आयोजना गरेको प्रवास नेपाली जनकल्याणका अध्यक्ष राम डाँगी र हाम्रो स्वाभिमानका अध्यक्ष मोहन कार्की ज्यूले अर्घाखाँची डट कम लाई जानकारी गराउनु भएको छ |
कार्यक्रम दिल्लीको अलग अलग स्थान मा गरिने भएको छ र उक्त कार्यक्रम मा दुई वटै संस्थाले नेपाल देखी उत्कृष्ट कलाकारहरुलाई निमन्त्रणा गरेको छ | कलाकारहरुमा प्रवास नेपाली जनकल्याण को तर्फबाट नायक बिराज भट्ट नायिका झरना थापा गायक राम चन्द्र काफ्ले गायिका टिका पुन मगर आदी छन भने हाम्रो स्वाभिमानको तर्फ बाट श्रद्देय आचार्य श्री बालकृष्ण जि, गायक बद्री पङेनी, सहीमा श्रेष्ठ जितु नेपाल, चन्दा अर्याल। बिक्रम कालिकोटे आदी रहेका छन |
दुवै संस्थाले कार्यक्रम मा सबै नेपाली दिदीबहिनी हरुलाई उपस्थिती भई यो तिज लाई रमाइलो सँग मनाउदै सफल बनाउनको निमित्त हार्दिक अनुरोध गरेको छ |
संपर्क
हाम्रो स्वाभिमान ट्रष्ट
मोहन कार्की +९१ ९९११३१६६००
प्रवास नेपाली जन कल्याण
राम डांगी +९१ 9871568719