दुबइको गर्मीमा शितलता छर्न स्टेज क्विन मन्जु पौडेल आउदै

उमाकान्त पाण्डे /दुबइ, (अर्घाखाँची टाईम्स)  भदौ १० – लोक गायिका मन्जु पौडेल यस् पटकको तीजमा सर्वाधिक ब्यस्त गायिका मध्ये एक हुन । देशभित्रका बिभिन्न जिल्लामा आयोजित कार्यक्रम सक्काएर बिदेश यात्रामा निस्किएकी पौडेल यती बेला जापान पुगेकी छन । जापान पछि भने उनी खाडी मुलुक संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा आउदै छिन ।
teej-weforall1
दुबईमा रहेका गुल्मेलीहरुको साझा चौतारी गुल्मी सेवा समाज यूएईले आयोजना गर्न लागेको ‘तीज बिशेष साझा २०१४’मा तीजका भाका गाउँन दुबइ आउन लागेकी हुन । दुबइमा रहेका नेपाली चेलीबेटीहरुलाई कार्यक्रममा दर खुवाउने कार्यक्रम समेत तय गरेको आयोजकले जनाएको छ । गायिका पौडेल पहिलो पटक दुबइ आउन लागेकी हुन ।  पौडेलको उपस्थितीमा हुने कार्यक्रमको तयारि अन्तिम चरणमा छ । 
अगस्ट २९ शुक्रबार दुबइमा रहेको स्विट इम्पेरियल होटलको सभाहलमा दिउस २ बजे बाट हुने तीज बिशेष कार्यक्रममा खाडीको गर्मीमा सांगितिक कोशेली मार्फत शितलता छर्न आफु दुबइ आउन लागेको गायिका पौडेलले बताइन । 
गायिका पौडेल गीत,संगीतको पारखी मात्र नभई गीत, संगीतलाई धेरै मायां गर्ने र आफु पनि यसमा नै समर्पित भएर निरन्तर रुपमा नेपाली संस्कृतिको जगेर्ना गर्ने गायिका तथा प्रस्तोताको रुपमा चर्चा कमाएकी छिन । स्टेज कार्यक्रमहरुमा कुशल प्रस्तोताको रुपमा देखिने पौडेललाई ‘स्टेज क्वीनको उपाधी’ समेत पाएकी छन । 
पौडेल अहिले जापान पुगेकि छन । ‘हामी सबैको लागि’- ‘ We For All’ नामक सस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा हजारौ दर्शकहरुले जमेर साथ दिएका थिए । जापानमा रहेका नेपालीको मायालाई देखेर ‘फूकुवोका सोसाइटीले यही २७ अगस्टमा समेत तीज बिशेष कार्यक्रमको  आयोजना गरेको र त्यो कार्यक्रम लग्गतै अर्को बिहान दुबइ आइपुग्ने गायिका पौडेलले जनाइन। 
‘धुवा सरी फैलेछ कुरो त तिमी लाइटर म भए चुरोट’ , ‘टिन्टी मिन्टी झाइ आयो लगन चौपट्टी टिन्टी मिन्टीन झाइ’ बोलका लोक भाका र ‘मेरा बुडा कुल’ र झल्को माइतीको तीज गीत मार्फत अहिले बजार तताइ रहेकी उनलाई देशभित्रको कार्यक्रमहरुमा मात्र नभई देश बाहिर भएका कार्यक्रमहरुमा पनि भ्याई नभ्याई छ । 

गुल्मीमा जन्मेर बुटवल झरी बुटवल एफएम र बुटवल महोत्स्वव बाट उदाएकी कलाकार पौडेल अहिले लोक गायन क्षेत्रमा चम्किलो ताराको रुपमा    छिन ।