तेरिया मगर दुबइ आउने कार्यक्रम स्थगित

उमाकान्त पाण्डे/ दुबइ,भदौ १२ – ‘डिआइडी लिटिल मास्टर तीन’की बिजेता टेरिया मगरको उपस्थितिमा हुने भनिएको कार्यक्रम स्थगित भएको छ । ‘टेरियाले यूकेमा आयोजना हुने अर्को कार्यक्रममा सहभागी हुन भिसा आवेदन दिएको र पास्पोर्ट भारत स्थित नियोगमा रहेकोले’ पुर्व आयोजित यूएईको कार्यक्रममा टेरिया आउन नसक्ने भएपछि कार्यक्रमनै स्थगित भएको हो । 
नेपाल आदिवासी जनजाति महासंघ यूएईले टेरियाको उपस्थितीमा अगस्टको अन्तिम भोली शुक्रबार बरदुबईको शेख राशिद अडिटोरीयममा आयोजना गर्न प्रचार प्रसार र यहाँको स्थानिय निकायबाट समेत अनुमती लिएर टिकट बिक्री वीतरण गरिरहेको थियो । 
कार्यक्रममा ‘डिआइडी लिटिल मास्टर ३ कि बिजेता’ टेरिया र नेपाली चलचित्र नोभेम्बर रैनकी नायीका छुल्थिम डोल्मा गुरुङको पनि उपस्थिती हुने भन्दै प्रचार-प्रसार गरिएको थियो । 
‘भारतीय टेलिभिजन जिटिभीको अनुमती,यूएईको भिसा,हवाइ टिकट तथा कार्यक्रमको सबै तयारी गरेर कार्यक्रम गर्ने मिती तोकिएको भएपनि अन्तिम समयमा टेरिया उपस्थित हुन नसक्ने भएपछि कार्यक्रम नै स्थगित गर्नुपरेकोले सोही कार्यक्रम फेरी अर्को मितिमा सार्ने’ नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्क्षय डीआर गुरुङले बताउनु भयो । ‘आजसम्म तपाईंहरुले गरेको सहयोग प्रति आभारी छौ,मिति सारीए पछि पनि उत्तिकै सहयोगको आशा गर्छौ , राहदानी फिर्ता गर्न तीन दिन देखी गरिएको प्रयास असफल भएपछि अन्तत:कार्यक्रम स्थगित गर्न पर्यौ यस् बाट परेको असुविधा प्रति क्षमा चाहन्छौ,प्रेस बिज्ञप्ती जारी गरेर सबैकुरा जानकारी गराउने छौ’गुरुङले भन्नुभयो । 
आफु कार्यरत मुलुकमा छोरीको उपस्थितीमा नेपाली सास्कृतिक कार्यक्रम हुने भएकोले आफुलाई गर्व लागेको र अन्तत: आफ्नै कारणले कार्यक्रम उपस्थित हुन नसक्दा कार्यक्रम स्थगित गर्नु परेकोमा दु:ख लागेको यूएईमा कार्यरत टेरियाका बुवा बिजय फौजा मगरले बताउनु भयो । 
टेरिया २८ अगस्ट बिहीवार दुबइ आउने र उनी आए लगत्तै पत्रकार सम्मेलन गर्ने मिती र स्थान समेत निस्चित भएको भन्दै पत्रकार महासंघ यूएईले यहाँ कार्यरत पत्रकारलाई उपस्थितीको लागि निमन्त्रणा समेत गरेको थियो । तर टेरिया नआउने भएपछि कार्यक्रम गर्दा दर्शकहरुबाट त्यसको बिरोध हुने र त्यस बाट आयोजकलाई पर्ने नकरात्मक प्रभावलाई आयोजकले ध्यान दिएर जसरी पनि अर्कै मितीमा टेरियाको उपस्थितीमा कार्यक्रम गर्न सक्ने’ नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालले बताउनु भयो । 
 
आयोजकको अन्तिम तयारी भएपनि राहदानी भारत स्थित यूकेको नियोगमा रहेकाले उनी उपस्थित हुन नसक्ने भएपछि कार्यक्रमनै स्थगित गर्न परेको आयोजकले जनाएको छ । 
टेरिया डिआइडी लिटिल मास्टर ३ को उत्कृष्ट ५ मा पर्ने बितिकै महासंघले तेरियालाई यूएई ल्याउने बिभिन्न सामाजिक सन्जालमा घोषणा गरे अनुसार नै अगष्ट २९ तारिक दुबईमा ल्याउन सबै तयारी गरेको थियो ।