बाबु रोका मगर -दिल्ली हरियणा
२४ अगस्त राती भारतको राजधानी दिल्ली को मेहरौली स्थित १९ बर्शिय नेपाली नारी माथि बलात्कार गरिएको बिरोध गर्दै र पीडितको रक्षा र क्षतीपुर्तीको माग राख्दै नेपालीज स्टुडेन्ट एसोसिएट यूनिभर्सिटी अफ दिल्ली का विधार्थी हरुले एक कार्यक्रमको आयोजना गरी यूनिभर्सिटी दिल्ली यूनिभर्सिटी परीसरमा दिउसो ४ बजे देखी ५ बजे सम्म एक घण्टाको शान्ती र्याली निकालेका थिए नेपाल बाट उच्च शिक्षा प्राप्तिको लागि दिल्ली को यूनिभर्सिटी मा अध्ययनरत ३५-४० जनाको संख्या मा रहेका विधार्थीहरुले निकै नै सहारनीय कार्य गरेका छन |
विधार्थीहरुले गरेको कार्यक्रमको आयोजनामा दिल्ली स्थित नेपालीहरुले खोलेका बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई यो कार्यक्रम मा सहभागी जनाउन को लागि आग्रह गरेको तर ति संघ संस्थाका महानुभावहरु मध्य कुनै एक जनाको पनि उपस्थिती नरहेको र उल्टो तिज अाइरहेको छ हाम्रो तिज कार्यक्रम मा आउनुहोला भन्दै यस्तो कार्यलाई अनदेखी गर्ने संस्थाका मान्छे हरुले दिल्ली हरियाणामा बसोबास गर्ने नेपाली हरुलाई के भरोसा दिन सक्छन त ? विधार्थीहरुले दुखी हुँदै भने यस्तो सम्बेदनसिल मुद्दा लाई अनदेखी गर्ने ब्यक्तीहरुका छोरी चेली दिदी बहिनी भईदिएको भए के यस्तै बेवास्ता गर्थे होलान त ? हामीहरुले यो सोचेका थियौ कि यस्तो कार्यमा सबैको उपस्थिती रहन्छ र यो मुद्दा लाई लिएर कोहि न कोही ब्याक्तिले आरोपीहरुलाइ कडा भन्दा कडा कार्वाई गर्ने र पीडित लाई क्षतीपुर्ती दिलाउने काम गर्नुहोला भन्ने आशा गरेका थियौ तर त्यो हुन सकेन भन्दै अर्घाखाँची डट कम लाई बताएका छन |
दिल्लीमा भएका जतिपनी संघसंस्था र नयाँँ संस्थाको स्थापना गरेतापनी ति संघसंस्थाका नाइकेहरुले आफ्नो छातीमा ब्याज र गलामा सम्मानको फुलमाला,खादा लगाउने र दुई चार वटा थोत्रा भाषण छाँट्ने यो भन्दा अरु कुनै समाजको लागि योगदान दिएको देखिएको छैन | बरु लाखौं रुपैया लगानी लगाएर रमाइलो रमझम गर्न तुरुन्त तयार भईकन एकजुट हुने गर्दछन तर बिडम्बना यो छ कि दिल्ली शहरको गल्ली गल्ली मा भोक-भोकै हिंड्ने बेसहारा हरुलाई चारो न हाल्ने यस्ता कार्यले प्रवासी नेपालीहरुको मन जित्न सक्लान त ? यो कुनै नौलो कुरा होइन? नेपालीहरु माथि हुने अन्याय र अत्याचारको विरुद्द आवाज उठाउनु त बेग्लई कुरा हो यहाँ त आफ्नो पनि पोल खोलिन्छ कि भनेर तै चुप मै चुप भएर तमासा देखाउदछन सोझा जनताहरुको माझमा | हामी यस्तो गर्छौ हामी उस्तो गर्छौ भन्दै जनताहरुको हात बाट गडगडाहट ताली बजेको सुन्न खुब उत्सुक देखिन्छन |