यूएईमा तीज मनाइयो (फोटो फिचर)

उमाकान्त पाण्डे /अर्घाखाँची टाईम्स । यूएई,भदौ १४ –  संयुत्त अरब एमिरेट्स यूएईमा यस् पटकको तीज धुमधामले मनाइएको छ । यहाँ रहेका नेपालीहरु द्वारा स्थापित बिभिन्न संघसस्थाले नेपाल बाट राष्ट्रिय कलाकार ल्याएर बिभिन्न तीजका सास्कृतिक कार्यक्रम गरेर तीज मनाईएको हो । 
Displaying image_1 (2).jpg
रोजगारीका लागि संम्युत्त अरब एमिरेट्स यूएई आएका नेपालीलाइ तीज आउन डेढ महिना बाँकी छदै बाट तीजको रन्कोले छोइसकेको थियो । 
Displaying image_2 (1).jpg
शुक्रबार सार्वजनिक बिदाको दिन बरदुबर्इको आसपासमा भेला भएका नेपाली कामदारलार्इ आयोजकले सांगितिक कार्यक्रमको टिकट बिक्री गर्न प्रयोग गरेका थिए । 
Displaying image_3.jpg
कार्यक्रमका लागि आयोजकहरुले टिकट बिक्रीका लागि बरदुबई वरपरका नेपाली ब्यवसायीका पसललाई राम्रैसँग उपयोग गरेका थिए । आयोजकहरुले स्थानीय प्रशाशनसँग अनुमति लिएर ठूला होटलका सभाहलहरु बुकिङ गरे पनि हलभित्र अटाउन नसक्ने गरी नेपालीको जमात उपस्थित भएपछि आयोजकलाई भिड सम्हाल्न हम्मेहम्मे परेको थियो ।
Displaying image_4.jpg
नाम चलेका कलाकार आफु कार्यरत देशमा आउने खबर पाएर टिकट किनेरै कार्यक्रम हेर्न जानेको भिड खचाखच देखिन्थ्यौ । कार्यक्रमहरुमा नेपाली महिलाहरुको उपस्थिती बाक्लो थियो । 
Displaying image_5.jpg
करिब साँढे चार लाख नेपाली रहेका यूएईमा चाडपर्व मनाउन र बिभिन्न सांस्कृतिक कार्यक्रम गर्न नेपाली संघसंस्थाबीच प्रतिस्पर्धा नै हुन्छ । 
Displaying 6.jpg
पछिल्लो समय धेरै दर्शकलाई आफुतर्फ खिच्न नेपालबाट नाम चलेका कलाकार भित्र्याएर कार्यक्रम गर्ने लहर नै चलेको छ । भदौ १२ अर्थात २८ अगस्टमा परेको तीजको दर खाने र सांस्कृतिक कार्यक्रम युएर्इमा १५ दिन अघिदेखि सुरु भएका थिए । 
Displaying 7.jpg
नेपाली जनसम्पर्क दुबर्इ क्षेत्रीय समितिले तीज कार्यक्रमका लागि यस् पटक चर्चित लोकगायिका राधिका हमाललाई पहिलो पटक यहाँ ल्याएर कार्यक्रम गर्यौ । त्यस्तै जन प्रगतिशील मञ्च यूएईले भने २२ अगस्टमा गायिका मुना थापा मगर र रामजी खाँडको उपस्थितीमा कार्यक्रम गर्यौ । मन्चले कलाकार द्वय मगर र खाडको उपस्थितीमा यूएईको सुदुर पश्चिम भनिने रसअलखेमामा पनि २१ अगस्ट बिहीवार साझनै सास्कृतिक कार्यक्रम मार्फत तीज मनायो ।  
Displaying 8.jpg
उता तीज सकिएको एक दिन बाँकी रहदा सम्म तीज मनाउने क्रम चलिरहेको छ । तीजको अर्को दिन गुल्मी सेवा समाजको आयोजनामा लोक गायिका तथा कार्यक्रम प्रस्तोता स्टेज क्विन मन्जु पौडेलको उपस्थितीमा दुबइमा ‘तीज बिशेष साझ’ बिशेष रुपमा मनायो ।  पौडेल तीज कार्यक्रमका लागि जापान पुगेको र जापान बाट सिधै दुबइको स्टेज तताउन आइपुगेकी थिईन । 
Displaying 9.jpg
त्यस्तै सोही दिन अर्थात तीजको अर्को दिन स्याङ्जा सहयोग समाजले लोक गायिका देवी घर्तीमगर र राजु ढकालको उपस्थितिमा तीज कार्यक्रम गर्यौ । त्यहा उपस्थित जमात पनि ठुलो थियो । 
Displaying 10.jpg
यूएईको अर्को शहर अलऐनमा प्रवासी नेपाली मञ्च यूएईले पनि अगस्ट २९ मै स्थानीय कलाकारको जमघटमा सास्कृतिक कार्यक्रम गरेर तीज मनाएको छ ।  
Displaying 11.jpg
एकै दिन एउटै ठाउँ वरपर तीजका बिशेष सास्कृतिक कार्यक्रम आयोजना गरिए पनि कार्यक्रम हल भित्र प्रवेश नपाएका करीब दोब्बर बढी नेपालीले बर दुबइ स्थित मेट्रो पार्कमा जम्मा भएर तीजका भाका गाउदै खुलेआम नाचगान समेत गरेका थिए । 
Displaying image_5 (1).jpg
यी सबै कार्यक्रम बर दुबर्इमा रहेको अस्टोरिया होटल र स्विट इम्पेरियल होटलको सभाहलमा भएका हुन । एक ठाउँमा गरिएको कार्यक्रम स्थल बाट अर्को कार्यक्रम स्थल २ किलोमिटर आसपासमा रहे पनि दर्शकको उपस्थिती भने पातलो भएन । हल खचाखच भरिए । खुलेर नाच्न नपाएको गुनासो गर्ने दर्शक जहाँ त्यही भेटिन्थे । संघसस्थाका प्रतिनिधिहरुलाई अतिथिको आशन ग्रहण गर्न जान पनि भ्याइनभ्याइ देखिन्थ्यौ । 
Displaying image_2 (1).jpg
प्राय:संघसस्थाका कार्यक्रम जुधेपछि प्रमुख अतिथिको रुपमा उपस्थित हुन दुतावासका कर्मचारीलाई समेत भ्याइ नभ्याइ भयो । संघसस्थाले आयोजना गरेका कार्यक्रममा कतै राजदुत धनन्जय झा , कतै श्रम सहचारी हिरा पौडेल र कतै उप-नियोग प्रमुख नेत्र टन्डन तथा द्वितिय सचिव कृष्ण अर्याल बाढिएर अतिथी बन्न पुग्नु भएको थियो ।
Displaying image_2 (2).jpg
यूएई नेपाली एकता समाजले बर दुबइको मेट्रो पार्कमा नेपाली महिलाहरुलाई तीजको अर्को दिन भएपनि दर खुवाएको समाजका अध्यक्ष कृष्ण केसीले बताउनु भयो । 
Displaying image_3 (1).jpg
त्यस्तै धादिङ सेवा समाजले पनि यूएईमा रहेका चेलीबेटीलाई जम्मा गरेर एक हप्ताअघिनै दर खुवाएको समाजका अध्यक्ष भीम अधिकारिले बताउनु भयो । 
Displaying image_4 (1).jpg
यूएईमा यस् पटक तीजको अवसरमा आयोजित कार्यक्रममध्ये गायिका मन्जु पौडेलको उपस्थितीमा भएको कार्यक्रमलाई आयोजकले सबै भन्दा सफल,ब्यबस्थित र ब्यबसायिक हिसाबले समेत राम्रो भएको दावी गरेका छन । तीज सक्किए लगत्तै यहाँ रहेका नेपालीसंघसस्था दसैं बिशेष कार्यक्रम गर्ने तयारीमा समेत जुटेका छन ।