बाबु रोका मगर दिल्ली हरियाणा
भारतको राजधानी दिल्ली स्थित हाम्रो स्वाभिमान सान्निध्य: श्रद्देय आचार्य श्री बालकृष्ण जि दारा आयोजना गरिएको २८ अगस्त २०१४ को दिन हिन्दू नारिहरुको महान चाड हरितालिका तिज को अबसर मा हजारौं नेपाली हरुको उपस्थिती रहेको थियो | उक्त तिज कार्यक्रम सानदार रुपले सफल भएको थियो
कार्यक्रमा मा बिशिष्ट अतिथिहरु डा विजय सोनकर शास्त्री(भु पु सांसद, राष्ट्रिय प्रवक्ता भाजपा),श्रीमती किरण चोपडा(संस्थापक अध्यक्ष पंजाप केसरी), श्रीमती माता राज्यलक्ष्मी शाहा(सांसद), श्री कृष्ण प्रसाद ढकाल (कार्यबाहक राजदुत,नेपाली राजदुतावास)र श्री बिमल गुरुङ (अध्यक्ष गोरखा जनमुक्ती मोर्चा) उपस्थिती थियो भने नेपाली ख्यातीप्राप्त कलाकार बद्री पँगेनी, जितु नेपाल,सहीमा श्रेष्ठ, चन्दा अर्याल आदी कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई भरिपूर्ण मनोरन्जन दिन सफल भए |
भाषणको क्रममा विजय सोनकरले नेपाल र भारत बिच रोटी र बेटी को राम्रो सम्बन्ध रहेको र नेपाल प्रती सकरात्मक कुरा दर्साएका थिए भने बिमल गुरुङ ले रोटी र बेटी को सम्बन्ध मात्र नभई यसमा माटोको पनि उतीनै सम्बन्ध रहेको किटानी जाहेर गर्नु भयो | आज भारत जुन अवस्थामा छ त त्यो सम्पूर्ण गोरखे,कान्छा,बहादुर,दाई भनेर चिनिने नेपालीहरुको अमुल्य रगत पसिनाको देन हो नेपालीहरुले भारतमा आएर सबै किसिमका कामहरु गर्न सक्ने र गरिरहेको यथास्थिती वारेमा बताउनु भयो पाकिस्तान को सिमाना देखी लिएर चाइना,भुटान र वङलादेश सम्म नेपालीहरुको बहादुरिताले भारतको सान बढेको हो र पनि नेपालीहरुलाई तल्लो दर्जामा हेर्ने भारतीयहरुलाई हाम्रो स्वाभिमान के कती छ भन्ने कुरा गरेर देखाउदै आएको र आगामी दिनहरुमा पनि देखाउनु पर्ने बताउनु भएको थियो| हेर्दा साधरण देखिने जोशिलो भाषण ले युवाहरुलाई जोश दिन सक्ने बिमल गुरुङ साँच्चै नै देशभक्त रहेछन उन्ले पनि सबैको मन जित्न सफल भए |
कार्यक्रम कै दौरानमा गायक बद्री पँगेनी ले हातमा नेपाली राष्ट्रिय झन्डा लिएर “जुम्ला को स्याउ कुहियो मुस्ताङको स्याउ कुहियो” भन्ने गीत को बोलले सबैलाई जागरुक बनाउदै मनोरन्जन दिए भने जितु नेपाल(मुन्द्रे)ले पनि अभिनय गर्दै दर्शकहरुलाई हसाउन सफल रहे यस्तै एक-एक गरी सबै कलाकारहरु ले आफ्नो कला प्रस्तुत गरी दर्शकहरुलाई खुशी तुल्याय |उक्त तिजको दिन मा हाम्रो स्वाभिमानले श्री आचार्य बालकृष्ण को हातबाट हाम्रो स्वाभिमान नामको डिभिडि अनी ज्ञान पुस्तक को विमोचन पनि गरिएको थियो | कार्यक्रममा प्रचार प्रसार को लागि बिभिन्न क्षेत्रबाट मिडियाका मिडिया कर्मीहरुको उपस्थिती रहेको थियो |