यूएईमा ज्यान गुमाएका नेपालीको परिवारलाई आर्थिक सहयोग

उमाकान्त पाण्डे/आबुधाबी,भदौ – वैदेशिक रोजगारीका क्रममा यूएईमा ज्यान गुमाएका एक नेपालीलाई यहाँ कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । 
बैदेशिक रोजगारीका लागि यूएई आई ज्यान गुमाएका एक नेपालीको परिवारलाई यहाँ कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन । यूएईमा ज्यान गुमाएका दोलखा २ लाकुरीडाडाका कृष्ण बहादुर केसीको परिवारलाई यूएईमा रहेका नेपालीहरु मिलेर करीब डेढ लाख नेपाली रुपैया आर्थिक सहयोग गरेका हुन । 
Displaying IMG_2511.JPG
परिवारको स्थिती कमजोर रहेको भन्दै एनआरएन यूएई आबुधाबी क्षेत्रिय समितिले अभियानको रुपमा सहयोग सकंलन गरेको ५ हजार ११ यूएई दिराम्श मृतक केसीको भतिजा यूएईमै कार्यरत जीत बहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । 
Displaying IMG_2508.JPG
यूएईमा कार्यरत नेपाली र बिभिन्न सेवाका लागि आबुधाबीमा रहेको नेपाली दुतावासमा अाउने नेपालीहरु बाट यो रकम संकलन गरिएको हो । 
नेपाली दुतावास आबुधाबीको सभाहलमा बिभिन्न संघसस्थाका प्रतिनिधि तथा यहाँ कार्यरत नेपालीको उपस्थितीमा सकंलित करीब डेढलाख नेपाली रुपैया शुक्रबार हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित एनआरएन आइसीसी भुपु सदस्य बिमल तमाङ र नमस्कार सहयोगी सस्था यूएईका अध्यक्ष टिकाराम गैरेले समेत करीब ५ हजार नेपाली रुपैया सहयोग थपिदिनु भएको थियो । 
३ बर्ष देखी यूएईमा कार्यरत मिलनसार र सबैको प्यारो बनेका २३ बर्षिय कृष्ण बहादुर केसीको सवारी दुर्घटनामा परी ६ महिना पहिले ज्यान गएको थियो । 
यूएईमा रहेको अमेरिकाना कम्पनीको केएफसी नामक रेस्टुरेन्टमा कार्यरत केसीको ड्युटी सकेर घर फर्कर्ने क्रममा कम्पनीको भ्यान दुर्घटना हुँदा  ज्यान गएको थियो । 
त्यस्तै कम्पनीमा ३ बर्ष काम गरे बापत कम्पनीबाट पाउनु पर्ने ५ हजार यूएई दिराम्श तथा मृतक केसीको नाममा यूएईको बैक खातामा रहेको ५ हजार यूएई दिराम्श दुतावासको रोहबरमा मृतकको आमाको नाममा पहिलेनै पठाईएको एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनु भयो । 
 
कानुनी प्रकृया पुरा गरेर शब नेपाल पठाउन ११ दिन लागेको थियो । आर्थिक सहयोग अभियान सन्चालन गरेर रकम जम्मा गर्न करीब ६ महिना लागेकोले मृतकको परिवारको नाममा सकंलित रकम सम्बन्धित परिवारले नै पाउने गरी मृतक केसीको भतिजालाई हस्तान्तरण गरिएको एनआरएन यूएई आबुधबी क्षेत्रिय समितिका अध्यक्ष गोकुल कुईकेलले बताउनु भयो ।