रेगिङको अमानविय हर्कत एक नेपाली बिद्यार्थीको भारतमा निर्मम हत्या

भारतको गजियावाद, हापुड,पिल्खुवा स्थित मुनाड विश्व बिधालय मा मेकानिकल इन्जिनियरिङ दोश्रो बर्षमा अध्ययनरत जनकपुर अञ्चल सिराहा जिल्ला सिसौद मलङगाका रामबिलास शुक्ला का एक मात्र छोरा उमेर २२ का बिशाल शुक्ला लाई बुधवार करीव ४ बजे विश्व बिद्यालय का बिद्यार्थीहरुले निर्मम तरिकाले हत्या गरेका छन | 
मृतक बिशाल लाई हत्याराहरुले लाठी,चेन आदी इत्यादीले हिर्काउदै क्याम्पस बाहिर ल्याएर मोटरसाइकिल द्दारा च्यापेर हत्या गरेका थिए | हत्याराको पहिचान हुँदा हुँदैपनी उत्तरप्रदेश को पुलिसले दुईदिन भईसक्दा पनि कार्वाही गरेको छैन| उता भाइको हत्याको खबर थाहा पाएर विश्व बिद्यालय पुग्दा मृतककी दिदिलाई सोधपुछ गर्न बिधालय परिषद भित्र जान दिएनन उल्टै धम्काएर पठाएको र चौकी मा पुग्दा पुलिसले पनि जबर्जस्ती खाली कागजमा हस्ताक्षर गराइ प्रशासन अधिकारिले धम्काएर पठाएको बताउछिन मृतक कि दिदी |
पोस्टमार्टम पश्चात हत्यारालाई सजाय र पीडित परिवारलाई न्याय दिलाउनको निम्ती उनको सब लाई दिल्ली स्थित नेपाली दुतवास ल्याएर  दिल्ली मा अध्ययनरत सि ए बिद्यार्थी समुह,राजनीतिक संगठन लगायत बिभिन्न संघ-संस्था हरुले धर्ना प्रदशर्न गरेका थिए | दिनभरी धर्ना प्रदशर्न पश्चात दुतावासले भारतीय पराराष्ट्र मन्त्रालय सँग अनी यु पि पुलिस र विश्व बिधालयका भि.सी सँग घटना सम्बन्धी कुरा गरी हत्यारालाई छिट्टै कार्वाही गर्न दवाब दिएको थियो | मृतकका परिवारले जब सम्म हत्यारालाई कार्वाही हुँदैन तवसम्म हामी सव लिदैनौ भनेपछी मृतक बिशाल को सब लाई अलइन्डिया मेडिकल मा लगिएको छ |