पूर्वपश्चिम राजमार्गमा भ्यानको ठक्करबाट दुई दाजुभाइको मृत्यु

विराटनगर, भाद्र २७ । मोरङ पथरी शनिश्चरे-३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा भ्यानको ठक्करबाट दुई दाजुभाइको मृत्यु भएको छ । पथरीस्थित जयचोकमा उर्लाबारीतर्फ जाँदै गरेको भ्यानले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार शनिश्चरे १ बस्ने रुद्रबहादुर गुरुङ र उनका भाइ मनकुमार गुरुङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
उपचारका लागि मंगलवारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने क्रममा उनीहरुको बाटैमा मृत्यु भएको हो । चालक अशोक राईलाई भने प्रहरीले नियन्त्रण्मा लिएको जनाइएको छ । IMAGEKHABAR

अन्य समाचारहरु