बाबु रोका मगर (न्यू दिल्ली)
भारत को नोएडा स्थित १३ सेप्टेम्बर २०१४ को दिन श्री साँइ कृपा नेपाल भारत चेरिटेबल संस्थाले विश्व भ्रमण यात्री तथा पत्रकार द्दोय नारायण,नवराज भट्टराई हरुलाई फुलमाला, अविर र खादा ले स्वागत तथा सम्मान गर्नुका साथै पुरस्कार पनि वितरण गरेको छ |
चिनौ आफूलाई बुझौ आ-आफ्ना राष्ट्रलाई र जगाअौ विश्वलाई भन्ने नाराका साथ शान्ती, स्वतन्त्रता, मानवता एवं विश्वबन्धुत्वको भावना अभीबृदि गर्ने उद्देश्यसहित सुरु गरिएको विश्व दर्शन अभियान अन्तर्गत २०७० श्रावण ७ देखी २०७१ श्रावण ६ सम्म १ बर्षभित्र भारतका २८ राज्य,३ केन्द्र शासित प्रदेश, भुटान र म्यानमार यात्रा गरेर नेपाली भाषा, सँस्कृती,साहित्य एवं रहनसहनका विषयमा तयार पारीएको भारत,भुटान र म्यानमारमा नेपालीहरुको अवस्था: संक्षिप्त अनुभव को नेपाली र हिन्दी भाषामा तयार पार्नु भएका प्रतिवेदन द्दोय नारायण,नवराज भट्टराई ज्यूहरुले संस्थाका अध्यक्ष राजु परिवार लाई हस्तान्तरण गर्नु भएको थियो |
साँइ कृपा नेपाल भारत चेरिटेवल भर्खरमात्र स्थापना गरिएको नयाँं सबैभन्दा कान्छो संस्था हो यो संस्थाले १५ अगस्त २०१४ को दिन हजारौ नेपाली दर्शक हरुको माझमा पहिलो नेपाली साँस्कृतिक कार्यक्रम को आयोजना पनि गरेको थियो सो कार्यक्रम गरेपछी दर्शकहरु बाट राम्रो प्रतिकृया पाएपछी अझै आगामीदिन हरुमा यस्ता सामाजिक काम गर्ने लक्ष्य रहेको संस्थाका संस्थापक बिष्णु केसी ले मिडिया लाई बताउनु भयो |
उक्त कार्यक्रम साँझ ८ बजे देखी लिएर राती ११ बजे सम्म चलेको थियो भने संस्थाले डिनरको पनि राम्रो ब्यबस्था गरेको थियो | सो कार्यक्रम मा बिभिन्न संघसंस्थाका पदाधिकारी,समाजसेवी लगायत मिडिया क्षेत्र बाट नेपाल आवाजका प्रतिनिधि गोविन्द पोख्रेल र अर्घाखाँची टाइमस का प्रतिनिधी बाबु रोका मगर को उपस्थिती रहेको थियो | उक्त कार्यक्रमको सन्चालन गोबिन्द पोख्रेलले गर्नु भएको थियो !