नेपालको सघींयता बारे यूएईमा बहस/’दहीचिउरे कुरा नगर्न जनजातीको’ आग्रह (फोटो फिचर सहित)

उमाकान्त पाण्डे । यूएई, भदौ २९ – नेपालमा संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको संवैधानिक व्यबस्थाको बारे बहस भईरहदा बिदेशमा बस्ने नेपालीले समेत यस् बारे बहसको सुरुवात गरेका छन । 
Displaying image_2 (1).jpg
बिदेशमा भएका नेपालीले देशमा हुने सबै परिवर्तनमा ध्यान दिन सक्नुपर्ने भन्दै यूएईमा नेपालको संघीयता बारे प्रतिनिधि मुलक बिचार प्रबाह गरिएको हो । १३ बर्ष पछि भएको यूएई नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपालको संघीयता बारे बहस गरिएको थियो ।
Displaying image_4.jpg
‘संविधान निर्माणमा प्रवासी नेपालीहरुको हक हित र मताधिकार तथा लोकतान्त्रिक गणतन्त्रको सस्थागत बिकास साथै सघीयताको खारेजीको माग सहित’ यूएई नेपाली एकता समाजले शुक्रबार दुबइमा आयोजना गरेको कार्यक्रममा नेपालमा संघीयता हुन हुने कि नहुने,भए कस्तो हुने भन्ने बारे बहस गरिएको हो । 
Displaying image_1 (1).jpg
Displaying image_5.jpg
बिदेशमा बस्ने नेपालीको एउटा आँखा बिदेशमा र अर्को आँखा स्वदेशमा हुने भएको भन्दै नेपाल राज्य बाट आएका हामी भोली फर्केर जादा कुन राज्यमा पुगिने हो निस्चित नहुनु दु:खद भएको भन्दै जातिय संघीयताले समाज बिभाजन हुने कार्यक्रमका प्रमुख अतिथि समाजसेवी कृष्ण ढाकालको भनाइ थियो । ‘बिदेशमा रहदा आउने समस्या देखी नेपालका समस्याहरुलाई समेत निराकारण गर्न हामी लाग्नु पर्छ’ ढकालले भन्नुभयो ।
Displaying image_2 (3).jpg
Displaying image_1.jpg
सम्मेलनमा नेपालका बिभिन्न राजनीतिक दलका बिदेश स्थित अन्तरास्ट्रिय भात्री सस्था तथा यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाका सस्थाका प्रतिनिधिहरुका जिल्ला स्तरिय सहभागिता थियो । नेपालमा कांग्रेस एमालेले जातिय संघीयताको बिरोध गरेपनि भौगोलिक तथा सास्कृतिक हिसाबले संघीयता स्थापित गराउनु पर्ने मान्यता राखे पनि माओवादी तथा बिभिन्न क्षेत्रिय दलहरुले मौसम अनुसारको कुरा गर्ने भएकोले विश्वाश गर्न सक्ने अवस्था नरहेको कार्यक्रममा धारणा राख्ने धेरैको भनाइ थियो ।
Displaying image_2.jpg
सविधान सभाको दोस्रो निर्वाचन पछि काग्रेसको नेत्रित्वमा सरकार बनेको र सविधान निर्माणका धेरै काम अगाडि बढीसकेकोले माओवादीहरुले जस्तै बखेडा झिके पनि ‘लोकतान्त्रिक सघीय गणतन्त्रको स्थापना र गणतन्त्र सुरक्षित गर्न’ सकिने नेपाली काग्रेसको भात्री सस्था नेपाली जनसंपर्क समिति यूएईका सभापती चित्र केसीले टिप्पणी गर्नु भयो ।
Displaying 3.jpg
माओवादीले युद्द कालिन समयमा जात जातीको कुरा गरेर जनजातीलाई आ-आफ्ना राज्य दिने भन्दै प्रयोगमा ल्याएको अब त्यो बिषय माओवादीलाई समेत घाडो भएको केसीको कटाक्षमा तत्काल पालो फर्काउदै ‘एमाओवादीले एकल जातिय माग कहिल्यै राखेको छैन,हामीले जातिय पहिचानको कुरा गरेका हौ,भ्रम मात्र फैलाउने काम नगरौ’ एमाओवादीको यहाँ स्थित संस्था नेपाली जनप्रगतिशिल मञ्च कार्यबाहक अध्यक्ष सुरेश ढकालले भन्नुभयो ।
Displaying image_3.jpg
‘हामीलाई सविधान सभाको निर्वाचन प्रकृयाबाट बाहिर राखेर गैर राजनितिक ब्यात्तीको नेत्रित्वले सविधान सभाको निर्वाचन गराएकोले ‘अझै पनि सवीधान सभा दुई’ बैधानिक छैन , एमाओवादीले जातिय राज्य स्थापित गराउने पक्षमा अब वकालत गर्न नसक्ने भन्दै आफ्नो नेत्रित्वको माओवादीको माग अनुसार सर्वपक्षिय गोलमेच सम्मेलनले मात्रै सघीयता सहितको सविधान निर्माण गर्न सक्ने माओवादीको भात्री सस्था जनप्रगतीशिल मोर्चाका प्रतिनिधि काशी काफ्लेले दावी गर्नुभयो ।
Displaying 8.jpg
Displaying 5.jpg
नेकपा एमालेको प्रवास स्थित भात्री सस्थाका गीरमान थापा मगरले भने अभ्यासको अवस्था भएकोले के कस्तो सघीयता आवश्यक छ र कस्तो प्रकृतिको हुने भन्ने बारे बिचारको बहस हुनु आबश्यक भहेको धारणा राख्नु भयो । जातिय संघीयताको बिरोध गर्दैमा सघीयताकोनै बिरोधी भन्न नहुने थापाको भनाइ थियो ।
Displaying 6.jpg
सविधान निर्माणमा संघीयता बारे एमाओबादी र माओवादी बिच देखिएको बिवादले राष्ट्रलाई हानी हुने र यस् ले आदीवासी जनजातीका मुद्दा ओझेलमा पर्न सक्ने भन्दै जातिय पहिचान सहितको राज्य स्थापित गर्न आफुहरुले जस्तोसुकै आहुती दिन सक्ने नेपाली आदिवासी जनजाती महासंघ यूएईका उपाध्यक्ष चन्द्र सारु मगरले बताउनु भयो । बिदेशमा रहेका माओवादी र एमाओवादीका सस्था मोर्चा र मन्चको भनाइ दहीचिउरे भएको भन्दै मगरले जनजातीलाई प्रयोगमा ल्याएर सत्तामा जाने मात्र सपना नदेख्न आग्रह गर्नु भयो । पहिले मगरलाई मगरात राज्य दिने , लिम्बुलाई लिम्बुवान दिने भन्दै राज्य घोषणा गर्ने अहिले भने हामीले त्यसो भनेका होइनौ भन्ने , दुईवटा कुरा नगरनुस्’ मगरले भन्नुभयो ।
Displaying image_2.jpg
२५ सदस्यिय नयाँ कार्यसमिति गठन 
यूएई नेपाली एकता समाजको १३ बर्षपछि भएको दोस्रो राष्ट्रिय सम्मेलनले २५ सदस्य नयाँ नेत्रित्व निर्माण गरेको छ । सर्व सहमतीमा गठित समितिले कृष्ण केसीको अध्यक्षमा नयाँ केन्द्रिय कार्य स मि ति निर्माण गरेको हो । जसको उपाध्यक्षमा जय विक , चिरन केसी , र प्रेम राज भण्डारी हुनुहुन्छ भने महासचिव,सचिव र कोषाध्यक्षमा क्रमश: मेघराज खनाल , डिला रेग्मी र लेखनाथ अधिकारी रहनु भएको छ भने चार वैकल्पिक केन्द्रिय सदस्य सहित १२ केन्द्रिय सदस्य चुनेको छ । साथै भेलाले ५८ सदस्यिय केन्द्रिय पार्सद परिषद समेत निर्माण गरेको छ । भेलाले ५ देखी ७ सदस्यिय केन्द्रिय सचिवालय समिति बनाउने र त्यसलाई सकृय बनाउने निर्णय गरेको छ ।
संघसस्था द्वारा एकता समाजको प्रंशशा   
यूएई नेपाली एकता समाज यूएईमा स्थापित सबै भन्दा पुरानो राजनीतिक आस्था बोकेको सस्था भएको भन्दै यूएईमा रहेका मजदुर र उनिहरुको हकहितका लागि अडिग भएर बोल्ने सस्थाको रुपमा समाजले स्थान जमाएको कार्यक्रममा बोल्ने अधिकाशंले बताउनु भयो । न कहिल्यै झुटको खेती गर्यौ , न कहिल्यै गलतको साथ दियो , राजनीतिक बिचार सहितको सस्था भए पनि सामाजिक सेवामा उत्तिकै सहयोग गरेको भन्दै नैतिक रुपमा एकता समाज सफल भएको धारणा धेरैको थियो । 
Displaying image_1 (3).jpg
कार्यक्रम यूएईमा रहेका बिभिन्न सामाजिक तथा जिल्ला स्तरिय सामाजिक संघसस्थाले यूएई नेपाली एकता समाजको खुलेर प्रंसशा गरेका थिए । एकता समाजले सास्कृतिक क्रान्तिका लागि समेत राम्रो योगदान दिएको भन्दै आगामी दिनमा समाजको स्थान अझ उल्लेख्य रहोस् भन्ने कामना समेत गरिएको थियो । कार्यक्रममा अर्घाखाँची समपर्क समितीका अध्यक्ष राजु खड्का , बाग्लुङ का पिताम्बर पाण्डे , धादिङका भिम अधिकारी , पर्वतका प्रतिनिधि , लुम्बिनी वेलफेयरका डिएल शर्मा लगायतले बोल्नुभएको थियो ।  
Displaying image_1.jpg
Displaying 4.jpg
Displaying 5.jpg
Displaying 7.jpg
Displaying 9.jpg
सम्मेलनले ४ पृष्‍ठ लामो घोषणा पत्र जारी गर्दै समाजको नयाँ बिधान ससोधन सहित पारित गर्यौ ।
Displaying image_1 (2).jpg
Displaying image_2 (2).jpg
Displaying 10.jpg
सम्मेलन सफलताको शुभकामना ब्यत्त गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , अन्तराष्ट्रिय एकता समाजका मान बहादुर थापा , एकता समाजका कतार , भारत , ओमन , इजरायल , बहराइन तथा अन्य धेरै मुलुकका संगठन बाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।