काठमाडौं, भाद्र ३० । पछिल्ला दिन निरन्तर वियरिष ट्रेन्डमा रहँदै आएको शेयर बजारमा सोमबार भने सुधार आयो । बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर ९ सय ९ पुग्यो । कारोबार भएका मध्ये अधिकांश जसो समूह हरियो रहेसँगै नेप्से सुधारिएको हो ।
उत्पादनमूलक समूहबाहेक अरु समूह हरियो रहेका हुन् । बीमा समूहमा सबैभन्दा उच्च ८५ अंकको बृद्धि भयो । होटल समूहमा पनि ३८ अंकको सुधार भयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको ५ लाख ४ हजार बराबर कित्ता शेयर २६ करोड १८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । IMAGEKHABAR